+
+

नेपाल मेडिकल कलेजमा आवासीय चिकित्सकले बन्द गरे सेवा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १०:५९

९ असोज, काठमाडौं । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजका आवासीय चिकित्सकहरुले सबै सेवा बन्द गरेका छन् । उनीहरुले सेवा रोकेर अस्पताल बाहिर प्रदर्शन गरेका छन् ।

सरकारको तर्फबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नभएको र यस्तो अवस्थामा काम गर्न चिकित्सकहरुको मनोबल घटेको भन्दै उनीहरुले सबै सेवा ठप्प पारेको घोषणा गरेका हुन् ।

नेपाल मेडिकल कलेजले ओपीडी सेवा आज बन्द भएको जनाएको छ । अस्पताल आएका आकस्मिक बाहेकका बिरामीहरुलाई कर्मचारीहरुले आज डाक्टरहरुको हड्ताल भएको भन्दै भोलि ओपीडीमा आउन आग्रह गर्दै फर्काएका छन् ।

लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएको थियो । मृतकका आफन्तसहितको भीडले डाक्टरले लापरवाही गरेको भन्दै हातपात गरेको थियो । यो घटनाले मणिपाल अस्पताल परिसर तनावपूर्ण भएको थियो ।

डाक्टरमाथि हातपात गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?