+
+

विशाल श्रेष्ठ एफसी चितवनको मार्की खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते ११:२३

१० असोज, काठमाडौं । राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा मार्की खेलाडीको रूपमा आबद्ध भएका छन् ।

नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि उनलाई क्लबले मार्की खेलाडीका रुपमा आबद्ध गराएको हो ।

गेम वान प्रालि अन्तर्गतको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

एक दशकभन्दा लामो समयदेखि राष्ट्रिय टिमको बेञ्चमा सिमित बनेका विशालले २०२१ मा भारतविरुद्ध नेपालको लागि डेब्यु गरेका थिए ।

विशाल २०७८ सालको ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र फुटबल क्लबका कप्तान तथा गोलकिपर हुन् । उनी उक्त सिजनमा उत्कृष्ट गोलकिपर घोषित भएका थिए ।

नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगको रूपमा रहेको एनएसएल आगामी  मङ्सिर ८ देखि पुस १४ गतेसम्म दशरथ रङ्गशालामा हुँदैछ ।

एनएसएलमा नेपालका ९ वटा फ्रेन्चाइज टिमहरू एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, विरगन्ज युनाइटेड, झापा एफसीरस्पोर्टिग इलाम टिमले प्रतिस्पर्धा गर्दै छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?