+
+

दीपेन्द्रलाई लुम्बिनी अल स्टार्सले १ लाख दिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १३:४०

१० असोज, काठमाडौं । एसियन गेम्समा मंगोलियाविरुद्धको खेलमा कीर्तिमान बनाएका खेलाडी दीपेन्द्र सिंह ऐरीलाई लुम्बिनी अल स्टार्स क्लबले १ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

चीनमा बुधबार भएको खेलमा दीपेन्द्रले ९ बलमा अर्धशतक बनाउँदै कीर्तिमान कायम गरेका हुन् । उनले ६ बलमा लगातार ६ छक्का प्रहार गरेका थिए । उनले १० बलमा ८ छक्कासहित ५२ रनमा अविजित रहेका थिए ।

सोही कीर्तिमानका लागि नेपाल प्रिमियर लिग (एनपीएल) टिम लुम्बिनी अर्लस्टार्सले पुरस्कार घोषणा गरेको हो । दीपेन्द्र लुम्बिनी अलस्टार्सका कप्तान पनि हुन् ।

लुम्बिनीले एसियन गेम्समा सहभागी नेपाली खेलाडीलाई जनही १० हजार रुपैयाँ दिने पनि विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?