+
+
साफ यू-१९ फुटबल :

पहिलो सहभागितामै फाइनलमा पाकिस्तान, भुटान सडेन डेथको शिकार

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १६:०९

१० असोज, काठमाडौं । सडेन डेथमा भुटानलाई हराउँदै पाकिस्तान साफ यू–१९ च्याम्पियनसिपको पहिलो सहभागितामै फाइनलमा पुगेको छ ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल गर्ने मौका पाए पनि सदुपयोग नगरेपछि खेल टाइब्रेकरमापुगेको थियो ।

टाइब्रेकरको पहिलो सेटमा दुवै टिमका पाँच पाँच जनाले नै गोल गरेपछि टाइब्रेकर लम्बिएको थियो । भुटानका लागि सल्जिम पेल्जाङले प्रहार गरेको छैटौं पेनाल्टी पाकस्तिानका गोलकिपर साहिल गुलले पञ्च गरेर बाहिर पठाए ।

पाकिस्तानका लागि फाइनल पेनाल्टीमा कमिल अहमद खानले कुनै गल्ती गरेनन् र टिमलाई पहिलो सहभागितामा नै फाइनल पुर्‍याएका हुन् ।

९० मिनेटको खेलमा भुटान रणनीतिक हिसाबले निकै बलियो देखिए पनि पेनाल्टी सुटआउटमा पछि परेको हो ।

पाकिस्तानको यो साफ च्याम्पियनसिप कुनै पनि उमेर समूहको पहिलो साफ प्रतियोगिता हो ।

विजेता पाकिस्तानले उपाधिका लागि नेपाल र भारतबीचको खेलको विजेतासँग खेल्ने छ । नेपाल र भारतको खेल आजै बुधबार साढे ५ बजे सुरु हुने छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?