+
+

एलपी ग्याँस उद्योग संघको अध्यक्षमा शिव घिमिरे निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १५:१०

१० असोज, काठमाडौं । नेपाल एलपी ग्याँस उद्योग संघको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्वाचित भएका छन् ।

मंगलबारदेखि राजधानीमा सुरु भएको संघको २८औं वार्षिक साधारणसभाले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । घिमिरेले यसअघि पनि संघको नेतृत्व गरिसकेका छन् ।

संघको वरिष्ठ उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ र दुई उपाध्यक्षमा दिवानबहादुर चन्द र सुरेन्द्रराज पौडेल चयन भएका छन् ।

संघको महासचिवमा जीतबहादुर कार्की निर्वाचित भए भने कोषाध्यक्षमा आशिष जजोदिया र सचिवमा अमित अग्रवाल चुनिए ।

संघको सदस्यहरुमा सुनिल सिन्हा, लोकहर्ष शाक्य, आदित्य पराजुली, आयुष नेपाल, योगेश पौडेल, युवक राजभण्डारी र बुद्धि डल्लाकोटी निर्वाचित भए ।

निर्वाचित समितिले मनिषकुमार जोशी, निर्मलकुमार खत्री क्षेत्रीलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?