+
+

रेफ्री कमिटीको कार्यालयमा स्पानिस प्रहरीको छापा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते १९:००

११ असोज, काठमाडौं । बार्सिलोनाले रेफ्रीलाई घुस खुवाएको आरोपमा अनुसन्धान गरिरहेको स्पेनिस प्रहरीले रेफ्री कमिटीको कार्यालयमा छापा मारेको छ ।

बार्सिलोनामाथि सन् २००१ देखि २०१८ सम्मको अवधिमा आफ्नो पक्षमा रेफ्रीको निर्णय गराउन स्पानिस फुटबलको रेफ्री कमिटीका उपाध्यक्ष होसे मारिया एनरिकेज नेग्रेइरा र उनको कम्पनीलाई ८.४ मिलियन युरो दिएको आरोप लागेको छ ।

यसबारे युईएफएले अनुसन्धान गरिरहेको छ ।

स्पेनिसको प्रहरीले बिहीबार स्पेनिस टेक्निकल कमिटी अफ रेफ्री (सीटीए) को हेडक्वार्टरमा छापा मारेको छ । अदालतले मागेको कागजपत्र नदिएपछि प्रहरीले छापा मारेको बीबीसीले जनाएको छ ।

बार्सिलोनाले नेग्रेइराको कम्पनी ड्याजनल ९५ लाई रकम दिएको स्वीकार गरेको छ । तर यो रेफ्रीको निर्णय प्रभावित पार्न नभई रेफ्रीहरुको प्राविधिक रिपोर्टका लागि शुल्क तिरेको दाबी गरेको छ । बार्सिलेनाले भने आरोप अस्वीकार गर्दै आएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?