+
+

टाइगर श्राफ स्टारर ‘गणपत’ टिजर सार्वजनिक, नेपालमा ‘भष्मे डन’सँग हुनेछ भिडन्त

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १४:२०

काठमाडौं । टाइगर श्राफ, कृति सेनन र अमिताभ बच्चन स्टारर बलिउड फिल्म ‘गणपत’को एक्सन–प्रधान टिजर सार्वजनिक भएको छ । नेपाली बक्स अफिसमा यो फिल्मको भिडन्त विपिन कार्की स्टारर ‘भष्मे डन’सँग हुँदैछ ।

‘गणपत’मा ‘हिरोपन्ती’ जोडी टाइगर र कृतिलाई पुनः एकसाथ देख्न पाइनेछ । निर्माताले सार्वजनिक गरेको टिजरमा टाइगर र कृति दुवै एक्सन भूमिकामा जमेका छन् । एक्सन फिल्म रुचाउने दर्शकलाई यो फिल्म पक्कै पनि रुचिकर हुन सक्छ ।

यो टिजरले फिल्मको कथावस्तुलाई लिएर केही संकेत गर्छ । आक्रमणकारीको कुनै समूहसँग टाइगरले लडाइँ लड्नुपर्छ । टिजरको अन्त्यमा टाइगरको एक संवाद छ, जसलाई फिल्मको बटमलाइन मानिएको छ । उनी भन्छन्, ‘जब आफ्नाको कुरा आउँछ तब आफ्नैको हात जान्छ ।’

यो फिल्मलाई डिस्पोटियन स्पोर्ट्स एक्सन सिनेमा भनिएको छ । विकास बहल निर्देशित यो फिल्म नेपाली क्यालेन्डरअनुसार दशैंको फूलपातीमा रिलिज हुँदैछ ।

भष्मे डन’ भर्सेस ‘गणपत’

कात्तिक ४ गते दशैंको फूलपातीको दिनमा प्रतीक्षित नेपाली फिल्म ‘पशुपति प्रसाद’को दोस्रो सिक्वेल ‘भष्मे डन’ र बलिउडको ‘गणपत’ बक्स अफिसमा भिड्दैछन् । यी दुवै फिल्मले बक्स अफिसमा दशैं बिदाको अवसरमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।

एकातिर विपिन कार्की स्टारर ‘भष्मे डन’ र अर्कोतिर टाइगर श्राफ स्टारर ‘गणपत’ । दर्शकले रुचिअनुसार फिल्म हेर्न सक्छन् । नेपाली हलमा गणपतिको ओपनिङमा भष्मे डन बाधक हुन सक्छ । भष्मे डनको हाइप यतिबेला दर्शकमाझ राम्रो छ भने विदेशमा बुकिङ सुरु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?