+

भिटामिनले शरीरमा के काम गर्छ ?

२०८१ वैशाख  २६ गते १८:५२ २०८१ वैशाख २६ गते १८:५२
भिटामिनले शरीरमा के काम गर्छ ?

शरीरलाई स्वस्थ राख्न चाहिने ६ प्रकारका तत्वमध्ये एक हो, भिटामिन । शरीरलाई आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, बोसो (चिल्लो पदार्थ), पानी र मिनरल (खनिज) तत्व जस्तै भिटामिन पनि एक हो । शरीरलाई स्वस्थ राख्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन र मस्तिष्कलाई सक्रिय बनाई सकारात्मक सोच र क्षमता बढाउन भिटामिनको भूमिका हुन्छ ।

भिटामिन बोसोमा घुल्ने र पानीमा घुल्ने गरी दुई प्रकारका हुन्छन् । बोसोमा घुल्ने भिटामिन ए, डी, ई र के हुन् भने पानीमा घुल्ने भिटामिन सी र बी कम्प्लेक्स हुन् ।

भिटामिनको प्रकार र पाइने खानेकुरा

भिटामिन ए ले छाला नरम बनाउछ । आँखाको शक्ति सामान्य राख्न, हाड र दाँतको वृद्धि गर्न सहयोग गर्छ । साथै प्रजनन् र प्रतिरक्षा शक्ति दिने र दृष्टिको समस्या रोकथाम गर्ने कार्य पनि गर्छ । भिटामिन ए ‘एक्टिभ भिटामिन ए’ र ‘बिटा कैरोटेन’ गरी दुई प्रकारका हुन्छन् । एक्टिभ भिटामिन ए लाई रेटिनाल पनि भनिन्छ । कलेजो, कुखुरा र खसीको मासु, दूध, अण्डा यसका मुख्य स्रोत हुन् ।

बिटा कैरोटेन भिटामिन फलफूल र तरकारीमा पाइन्छ, जसलाई क्यारोटिनाइड भनिन्छ । यो भिटामिन पहेंला गाढा र हरिया फलफूल, हरियो तरकारी, बिटरुट, फर्सीलगायतमा प्रशस्त मात्रामा पाइन्छ ।

भिटामिन डी ले क्याल्सियमको शोषण गरेर हाड मजबुत बनाउँछ । भिटामिन डी घाँटीको अगाडि थाइराइड ग्रन्थीको छेउमा रहेका साना पाराथाइराइड ग्रन्थीले उत्पादन गर्ने गर्छ । बोसो वा चिल्लो पदार्थमा घुलिने भिटामिन हो यो । यसले सेरेटोनिन हार्मोन मस्तिष्कमा उत्पादन गरेर आफूलाई खुसी बनाउन सहयोग गर्छ । शरीरलाई आवश्यक पर्ने क्याल्सियम शोषण गर्न महत्वपूर्ण भूमिका खोल्छ । भिटामिन डी को मुख्य स्रोत भनेको सूर्यको किरण हो । दूध, अण्डा, मासु, सूर्यमुखीको दाना आदिमा यो तत्व पाइन्छ ।

भिटामिन ई ले स्नायु र मांसपेशी स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ । सामान्य प्रतिरक्षा कार्यका लागि पनि भिटामिन ई जरुरी हुन्छ । तेल, माछा, मासु, गहुँ, आलु, ओखर, बदाम, काजु, कट्टुस भिटामिन ईका मुख्य स्रोत हुन् ।

भिटामिन केले रगत जम्न र रगतमा क्याल्सियमको स्तर कायम गर्न मद्दत गर्छ । शरीरको कुनै पनि भागबाट अनावश्यक रूपमा रगत बग्दा यसले चाँडो रगत बग्न रोक्छ वा जम्न मद्दत गर्छ । यसको शरीरमा कमी भयो भने धेरैबेरसम्म चोटपटक लागेमा, महिलाको पाठेघरबाट आवश्यकता भन्दा धेरै रगत बग्ने धेरै रगत बग्ने आदि कारणबाट मानिसको अचानक मृत्युसम्म हुनसक्छ ।

एआई सिर्जित तस्वीर

भिटामिन बी कम्प्लेक्सले रातो रक्तकोष बनाउन र छाला स्वस्थ राख्न मद्दत गर्छ । मुखको कुनामा रातोपन, चिरा पर्ने, जिब्रो सुन्निने र छालाको रोग हुनबाट यसले बचाउँछ । यो अन्न, मासु, अण्डामा पाइन्छ ।

भिटामिन बी र सी पानीमा घुल्ने भिटामिन हुन् । यसमा पनि भिटामिन बी धेरै प्रकारका र शरीरमा पनि विभिन्न प्रकारका काम गरिरहेका हुन्छन् । भिटामिन बी १ लाई थाइमिन पनि भनिन्छ । यसले हरेक कोषमा रहेर शक्ति उत्पादन गर्न अनि दिमागलाई सामान्य राख्न मद्दत गर्छ । यसका स्रोतहरू माछा, मासु, अण्डाको पहेंलो भाग, विभिन्न प्रकारका दाल, गेडागुडी, आलु, कोदो, जौ, फापर आदि हुन् । यी खाद्यान्नमा प्रशस्त मात्रामा भिटमिन बी १ पाइन्छ ।

भिटामिन बी २ को अर्को नाम राइबोफ्लोविन हो । पानीमा सजिलैसँग घुल्ने भिटामिन बी २ ले हरेक कोषमा रहेर शक्ति उत्पादन गर्न मद्दत गर्नुका साथै विभिन्न प्रकारका अत्यावश्यक तत्वले शरीरलाई स्वस्थ राख्न सहयोग गरिरहेको हुन्छ । यो दूध र दुग्धजन्य पदार्थ, अण्डा, कलेजो, उम्रिएका गेडागुडी, ब्रोकाउली, पालक आदिमा प्रशस्त मात्रामा पाइन्छ ।

भिटामिन बी ३ को मुख्य काम शरीरका कोषमा रहेर शक्ति उत्पादन गर्नु हो । यसलाई नाइसिन पनि भनिन्छ । यसको मुख्य स्रोत माछा, मासु हुन् ।

भिटामिन बी ५ लाई पेन्टोथेनिक एसिड पनि भनिन्छ । यसको पनि मुख्य काम कोषमा रहेर शक्ति उत्पादन गर्नु नै हो । यो भिटामिनका स्रोतमा फलफूल, सागसब्जी, दाल आदि हुन् ।

भिटामिन बी ६ लाई पाइरोडोक्सिन पनि भनिन्छ । यसले पनि शक्ति प्रदान गरेर मजबुत बनाउन मद्दत गर्छ । यसका स्रोतहरू माछा, मासु, दाल, दूध, अण्डा, पालकको साग आदि हुन् ।

भिटामिन बी ७ लाई बायोटिन पनि भनिन्छ । यसको स्रोत पनि हामीले सेवन गर्ने खानेकुराहरू नै हुन् ।

भिटामिन बी ९ लाई फोलिक एसिड पनि भनिन्छ । रातो रक्तकोषमा रहेको हिमोग्लोबिन बढाउन मुख्य भूमिका खेल्नुका साथै सम्पूर्ण नसाको कोष विकासमा यसले सहयोग गर्छ । यसको स्रोत हरियो सागपात, दाल, गेडागुडी, माछा, मासु, कलेजो आदि हुन् ।

भिटामिन बी १२ लाई साइनाकोबाल्मिन पनि भनिन्छ । यसले शरीरका कोषमा रहेर शक्ति उत्पादन गर्न सहयोग गर्नुका साथै मानसिक विकासमा पनि भूमिका खेल्छ । यसका स्रोतहरू दूध, दही, कुखुराको मासु, कलेजो, अण्डा आदि हुन् ।

भिटामिन सी मानव शरीरलाई अत्यन्तै आवश्यक पर्ने तत्वमध्ये एक हो । यसले कोषिकाको विकास, हड्डीको विकास, रक्तनसा र छालाको सुन्दरता बढाउन, मुटुको रोगबाट बचाउन, मोतीबिन्दु हुनबाट रोक्न, कोलेस्टेरोल सामान्य राख्न, शरीरलाई चाँडै थकानबाट बचाउने कार्य गर्छ । यस्तै रोगप्रतिरोधात्मक क्षमता बढाउन पनि सहयोग गर्छ । हरियो सागसब्जी, अमिला फलफूल, स्याउ, आलु भिटामिन सीका मुख्य स्रोत हुन् ।

आहार तथा पोषण कल्पना राजवंशी भिटामिन
कल्पना राजवंशी
लेखक
कल्पना राजवंशी
पोषणविद्

राजवंशी पोषणविद् हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

खुट्टा सुन्निने समस्या छ ? यी ६ रोगको संकेत पनि हुनसक्छ

खुट्टा सुन्निने समस्या छ ? यी ६ रोगको संकेत पनि हुनसक्छ

गर्भको शिशु र आमालाई जोखिम हुनसक्ने प्रिक्लेमसिया के हो ?

गर्भको शिशु र आमालाई जोखिम हुनसक्ने प्रिक्लेमसिया के हो ?

बच्चाको व्यवहारमा आएको परिवर्तनलाई अभिभावकले गर्नुहुँदैन बेवास्ता

बच्चाको व्यवहारमा आएको परिवर्तनलाई अभिभावकले गर्नुहुँदैन बेवास्ता

हिटस्ट्रोक कसरी हुन्छ ?

हिटस्ट्रोक कसरी हुन्छ ?

‘घामबाट बच्न मात्र होइन, चाउरीपन रोक्न पनि सनस्क्रिन आवश्यक’ (भिडियो)

‘घामबाट बच्न मात्र होइन, चाउरीपन रोक्न पनि सनस्क्रिन आवश्यक’ (भिडियो)

बारम्बार टन्सिल संक्रमण भएमा कस्तो जोखिम हुन्छ ?

बारम्बार टन्सिल संक्रमण भएमा कस्तो जोखिम हुन्छ ?