+
+

एसियाली खेलकुद : नेपालले कबड्डीमा पदक जित्ने लगभग पक्का

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असोज १५ गते ९:३७

१५ असोज, हान्झाउ । १९औं एसियाडमा नेपालले कबड्डीमा पदक जित्ने सम्भावना बलियो भएको छ ।

पहिलो पटक एसियाडमा सहभागिता जनाएको नेपालको महिला कबड्डी टिमले सोमबार बंगलादेशलाई ३७-२४ पहिलो खेलमा हराएपछि नेपालको सम्भावना बलियो भएको हो ।

महिला कबड्डीमा कुल ७ टोली सहभागी भएकोमा नेपाल रहेको समूहमा इरानसहित तीन टिम मात्र छन् । पहिलो खेलमा नेपालले जित हात पारेपछि सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको हो र अब अर्को खेलमा इरानले बंगलादेशलाई हराएमा नेपाल यस समूहबाट सेमिफाइनल पुग्नेछ र सेमिफाइनल पुग्ने टिमले कम्तीमा कांस्य पदक जित्नेछ ।

एक्सएसजी स्पोर्ट्स सेन्टरमा नेपालले बंगलादेशविरुद्ध पहिलो हाफमा २१-१६ को अग्रता लिएको थियो । दोस्रो हाफमा पनि लय कायम राख्दै नेपालले १६-८ काे अग्रता लिएर खेल जितेको हो ।

नेपालले समूह ए को दोस्रो तथा अन्तिम खेल मंगलबार इरानसँग खेल्नेछ । इरान र बंगलादेशबीचको खेल भने बुधबार हुनेछ ।

समूह बी मा भारत, थाइल्याण्ड, दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् ।

नेपालले १९औं एसियाडको दशौं दिन जारी रहँदा अहिलेसम्म कुनै पदक जित्न सकेको छैन । पदकविहीन हुने चिन्ता बढिरहेको बेला महिला कबड्डीमा नेपालले पदकको आशा राखेको हो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?