+
+

ओली भन्छन्- विरोधीले पार्टी भित्र खेल्न खोजिरहेका छन्

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १४:५९

१७ असोज, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीले पार्टी भित्र फुट ल्याउन खोजिरहेको आरोप लगाएका छन्  ।

एमाले कोशी प्रदेशको नयाँ कमिटीको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले विरोधीले एमाले भित्र फुट ल्याउन प्रयास गरेको बताएका हुन् ।

देश चलाउने एमाले भएको बताउँदै उनले फुटको प्रयास गर्नेहरु एमालेभित्र कहिल्यै सफल नहुने बताए  ।

उनले नवनिर्वाचित कमिटीलाई जिम्मेवारी कुशलताका साथ निर्वाह गर्न आग्रह गरे । आफूलाई केन्द्रमा राखेर नसोच्न आग्रह गर्दै ओलीले सबैलाई मिलेर अगाडि बढ्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?