+
+

नेप्से ९.२४ अंकले बढ्यो, कारोबार रकम भने बढ्न सकेन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १५:३५

१७ असोज, काठमाडौं । सेयर बजारमा एकल अंकको वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ९.२४ अंकले वृद्धि हुँदा १९६७.९४ को विन्दुमा बन्द भएको हो । मंगलबार १७.५६ अंकले गिरावट भएर १९५८.७२ को विन्दुमा बन्द भएको नेप्से बुधबार ०.४७ प्रतिशतले वृद्धि भएको हो ।

बुधबार बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा भने ०.०७ प्रतिशतको समान्य गिरावट भएको छ । अन्य सबै उपसूचकमा वृद्धि हुादा नेप्से पनि बढेको हो । होटल तथा पर्यटन उपसूचक १.५२ प्रतिशत र हाइड्रोपावर उपसूचक १.३७ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक पनि १.०४ प्रतिशतले बढेको छ ।

नेप्सेमा वृद्धि भएपनि कारोबार रकममा भने खासै उत्साह देखिएन । मंगलबार नेप्सेमा गिरावटका बाबजुत पनि १ अर्ब १९ करोड ९१ लाखको कारोबार भएको थियो । बुधबार कारोबार रकम थप घटेर १ अर्ब १८ करोड ९९ लाखको कारोबार भएको छ । ५८ हजार ७४१ वटा कारोबारमा ४३ लाख २३ हजार २१ कित्ता सूचीकृत धितोपत्र किनबेच भएको छ ।

बुधबार सिटिजन्स लाइफको सर्वाधिक ६ करोड ९४ लाखको कारोबार हुँदा रियालयबल लाइफ इन्स्योरेन्सको ४ करोड ३१ लाख र शिवम् सिमेन्टको ३ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २३२ सुचिकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १७४ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ५२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । ६ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

बुधबार कारोबार भएकामध्ये मध्ये भोटेकोशी जलविद्युत् कम्पनीको सेयरमूल्य १० प्रतिशतले र बुद्धभुमी हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै इन्फीनीटी लघुवित्तको सेयरमूल्य पनि ९.८५ प्रतिशतले बढेको हो ।

समता घरेलु लघुवित्तको सेयरमूल्य ६.६१ प्रतिशतले गिरावट हुँदा हिमालयन लघुवित्तको सेयरमूल्य ४.५६ प्रतिशतले घटेर बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?