+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

नेप्से ९.२४ अंकले बढ्यो, कारोबार रकम भने बढ्न सकेन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १५:३५

१७ असोज, काठमाडौं । सेयर बजारमा एकल अंकको वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ९.२४ अंकले वृद्धि हुँदा १९६७.९४ को विन्दुमा बन्द भएको हो । मंगलबार १७.५६ अंकले गिरावट भएर १९५८.७२ को विन्दुमा बन्द भएको नेप्से बुधबार ०.४७ प्रतिशतले वृद्धि भएको हो ।

बुधबार बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा भने ०.०७ प्रतिशतको समान्य गिरावट भएको छ । अन्य सबै उपसूचकमा वृद्धि हुादा नेप्से पनि बढेको हो । होटल तथा पर्यटन उपसूचक १.५२ प्रतिशत र हाइड्रोपावर उपसूचक १.३७ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक पनि १.०४ प्रतिशतले बढेको छ ।

नेप्सेमा वृद्धि भएपनि कारोबार रकममा भने खासै उत्साह देखिएन । मंगलबार नेप्सेमा गिरावटका बाबजुत पनि १ अर्ब १९ करोड ९१ लाखको कारोबार भएको थियो । बुधबार कारोबार रकम थप घटेर १ अर्ब १८ करोड ९९ लाखको कारोबार भएको छ । ५८ हजार ७४१ वटा कारोबारमा ४३ लाख २३ हजार २१ कित्ता सूचीकृत धितोपत्र किनबेच भएको छ ।

बुधबार सिटिजन्स लाइफको सर्वाधिक ६ करोड ९४ लाखको कारोबार हुँदा रियालयबल लाइफ इन्स्योरेन्सको ४ करोड ३१ लाख र शिवम् सिमेन्टको ३ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २३२ सुचिकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १७४ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ५२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । ६ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

बुधबार कारोबार भएकामध्ये मध्ये भोटेकोशी जलविद्युत् कम्पनीको सेयरमूल्य १० प्रतिशतले र बुद्धभुमी हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै इन्फीनीटी लघुवित्तको सेयरमूल्य पनि ९.८५ प्रतिशतले बढेको हो ।

समता घरेलु लघुवित्तको सेयरमूल्य ६.६१ प्रतिशतले गिरावट हुँदा हिमालयन लघुवित्तको सेयरमूल्य ४.५६ प्रतिशतले घटेर बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?