+
+

स्वास्थ्यमा अधिकृतस्तरको १७२ अस्थायी दरबन्दी स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १८:०७

१७ असोज, काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायका लागि १७२ जना अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

मन्त्रिपरिषदको बैठकले मन्त्रालय र अन्तर्गतका निकायका लागि अधिकृतस्तरको १७२ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार स्वीकृत दरबन्दी चारवटा निकायलाई वितरण गर्ने गरी स्वीकृत भएको बताए ।

उनका अनुसार अधिकृत तहका कर्मचारीहरुको दरबन्दी स्वास्थ्य बीमा बोर्ड, कान्ति बाल अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र गेटा मेडिकल कलेजमा वितरण हुनेछ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार स्वीकृत दरबन्दी चारवटा निकायलाई वितरण गर्ने गरी स्वीकृत भएको बताए ।

‘उनका अनुसार अधिकृत तहका कर्मचारीहरुको दरबन्दी स्वास्थ्य बीमा बोर्ड, कान्ति बाल अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र गेटा मेडिकल कलेजमा वितरण हुनेछ ।

यसअघि मन्त्रालयले ३०० भन्दा बढी अस्थायी दरबन्दी स्वीकृत गरिसकेको छ ।

मन्त्रालयले स्वीकृत अस्थायी दरबन्दीका कर्मचारीहरुको पदपूर्तिको काम अब छिटै अघि बढाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?