+
+

रियल मड्रिडका नयाँ हिरो बेलिङघम

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १९:४९

१७ असोज, काठमाडौं ।  उनले गरेको गोल पुस्कास अवार्ड योग्य रहेको भनेर चर्चा भइरहेको छ । ४० यार्डबाट बललाई जाली चुमाउने खेलाडी हुन रियल मड्रिडका जुड बेलिङघम । च्याम्पियन्स लिगमा नेपोलीका डिफेन्डरलाई छक्याउँदै उनले गरेको गोल निकैनै अविस्मरणीय छ ।

मंगलबारको रोचक भिडन्तमा रियल भलै ३-२ ले विजयी भयो, यो खेलबाट सबैको मनमा स्थान बनाउन बेलिङघम फेरि सफल भए । ग्रिष्म कालमा खेलाडी अनुबन्धित गर्दा रियलले उनीमाथि १०३ मिलियन युरो खर्चिएको थियो ।

सन् २०१३ मा ग्यारेथ बेल र सन् २०१९ मा एडेन हजार्डपछि रियलमा १०० मिलियन माथिको अफर पाउने उनी तेस्रो खेलाडी हुन् ।

यसै पनि यो कुराले उनी युरोपेली मिडियामा छाएका थिए । उनको गोलपछि युरोपका समाचारपत्र, टिभी, रेडियो र सामाजिक सञ्जालमा बेलिङघम झन् छाए ।

बोरुसिया डर्टमण्डबाट रियल प्रवेश गरेर ९ खेलमा ८ गोल गर्दै उनले सनसनी मच्चाएका छन् । हात फैलाएर गोलको उत्सव मनाउने उनको स्टाइललाई फ्यानले झनै रुचाएका छन् । स्पेनिस मिडियाले पनि उनको यो शैलीलाई निकै पछ्याउँछन् ।

स्पेनिस मिडियामा उनीबारे आएका दुई हेडलान यस्ता छन्,

थोरै डी स्टेफेनो र थोरै जिदान झल्काउने बेलिङघम ।

म्याराडोना तहको प्रदर्शन गर्ने बेलिङघम

आफ्नो प्रशंसामा आएका हेडलाइनबारे उनी भन्छन्, ‘म स्वंयममाथि विश्वास गर्छु । मलाई अरुसँग तुलना गर्नु उचित हो जस्तो मलाई लाग्दैन । मेरो सफलताको श्रेय क्लबका कर्मचारी र मेरा खेलाडी साथीहरुलाई पनि दिन चाहान्छु ।’

सामान्य सुरुवातदेखि धमाकेदार प्रस्तुतिसम्म

अर्जेन्टिनाका डियगो म्यारोडोनासँग तुलना गरेकोबारे सोध्दा उनले भने, ‘यो त मेरोबारे निकै बढाइचढाइ भयो । मेरो गोल सानदार रहेको कुरामा म सहमत छु, तर म्याराडोनासँग मेरो तुलना हुन सक्दैन ।

आगामी दिनमा समेत यस्तै प्रदर्शनलाई  निरन्तरता दिने पक्षमा छन् बेलिङघम ।

‘मैले आज के गरेँ भन्दा पनि यसलाई मैले निरन्तरता दिन सक्छु वा सक्दिँन भन्ने कुरा महत्वपूर्ण हुन्छ । यो लयलाई म कायमै राख्न चाहन्छु,’ उनले भने ।

सन् २०२० मा बर्मिङघमबाट उनलाई ल्याउँदा डर्टमण्डले २५ मिलियन युरो खर्चियो । १७ वर्षकै उमेरमा उनी महँगा खेलाडी बने । धेरैले उनलाई उडाए पनि उनले आफ्नो गतिलाई तीव्र बनाउँदै लगे । जसले विगतमा उनलाई उडाए अहिले उनैले उनलाई तीनपटक बलोन डीओर अवार्ड विजेता रियो फर्डिनाडसँग पनि तुलना गर्न पछि परेका छैनन् ।

स्पेनिस फुटबल विज्ञ जिलियम ब्लेग बेलिङघमलाई समकालीन विश्वका उत्कृष्ट खेलाडीको संज्ञा दिन्छन् । ‘ला लिगाको उच्च तहमा रहनु उनको सपना थियो र उनको स्तर त्यही स्तरको छ । स्पेनमा उनलाई स्टेफेनो देखि जिदानसँग तुलना हुनेगर्छ । सबैले उनलाई उत्कृष्ट भन्छन् र उनले त्यसलाई बारम्बार प्रमाणित गरेका छन् ।’

बेलिङघमको प्रस्तुतिपछि प्रशिक्षक कार्लो एन्सेलोटीले भनेका छन्, ‘उनी २० वर्षका मात्रै छन् तर उनको चरित्र र रवैया ३० वर्षकोझैँ छ ।’

२० वर्षको उमेरमै खेलमा गुणस्तर र परिपक्वता दिएको उनको अवलोकन छ । ब्राजिलका फरवार्ड भिनिसियसले उनको प्रशंसामा भनेका छन्, ‘मलाई खेलमा उनी जति सहज अरुसँग मिल्दैन । उनले विग्रिएको खेललाई पनि लयमा फर्काउने सामर्थ्य राख्छन् ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?