+
+

चोटका कारण मेसीले नखेलेको खेलमा इन्टर मियामी पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १३:५३

१८ असोज, काठमाडौं । अर्जेन्टिनी स्टार लियोनेल मेसीको क्लब इन्टर मियामीको एमएलएस प्ले अफको संभावना कठिन भएको छ ।

आज बिहीबार बिहानको खेलमा शिकागो फायरसँग ४-१ ले पराजित भएको मियामी आफ्नो समूहको अंकतालिकाको १४औं स्थानमा र समग्रमा २७ औं स्थानमा छ ।

चोटका कारण मेसी अनुपस्थित रहेको खेलमा शिकागोलाई जिताउन लिभरपुलका पूर्व मिडफिल्डर जेर्डन शाकिरी र मारेन हैले सेलासीले समान २ गोल गरे ।

एमएलएस स्टार मेसीलाई हेर्नका लागि शिकागोको सोल्डर फिल्डमा कीर्तिमानी ६२ हजार १२४ जना दर्शक उपस्थित थिए । तर ३६ वर्षका मेसीले चोटकै कारण यो खेल खेल्न सकेनन् ।

सेप्टेम्बर ३ यता मियामीले खेलेका ७ खेलमा मेसीले एउटा मात्र खेल खेलेका छन् ।

शिकागोले मियामीसँगको खेल हेर्न स्टेडियममा उपस्थित हुने दर्शकलाई नगद प्रोत्साहनको व्यवस्थासमेत गरेको थियो ।

 

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?