+
+

१९औं एसियाडमा म्याराथनसँगै एथ्लेटिक्समा सकियो नेपालको स्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १४:२९

१८ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत म्याराथनमा प्रतिस्पर्धापछि एथ्लेटिक्समा नेपालको स्पर्धा सकिएको छ ।

म्याराथनमा नेपालबाट समान एक पुरुष र एक महिला गरी दुई खेलाडीले बिहीबार म्याराथनमा प्रतिस्पर्धा गरेका थिए ।

जसमा पुरुषतर्फ  राजन रोकायले निर्धारित दूरी २ घण्टा २३ मिनेट १७ सेकेन्डमा पूरा गरे ।

म्याराथन १८ खेलाडीले दौडिएकोमा १६ खेलाडीले पूरा गर्दा राजन १४औं स्थानमा रहे । साउदी अरबिया र किर्गिस्तानका खेलाडीले दौड पूरा गरेनन् ।

चीनका जि हेले २ घण्टा १३ मिनेट ०२ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जिते ।

महिलातर्फ पुष्पा भण्डारीले निर्धारित दूरी ३ घण्टा ०२ मिनेट ३७ सेकेन्डमा पूरा गर्दै १६औं स्थानमा रहिन् ।

१७ खेलाडी सहभागी दौडमा बहराइनकी जिसा मोकानिन् डेसीले दौड पूरा गर्न सकिनन् ।

बहराइनकै पाउल छुम्बा युनिस छेबिचीले पहिलो स्थान हात पार्ने क्रममा २ घण्टा २६ मिनेट १४ सेकेन्डको समय निकालिन् ।

एथ्लेटिक्समा नेपालबाट म्याराथनमा दुईसहित कूल ८ खेलाडी सहभागी थिए ।

जसमा पुरुष १० हजार मिटरमा दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाए भने अन्य खेलाडीले सोचे जस्तो प्रदर्शन गर्न सकेनन् ।

राजपुरा पछाई, फुलमति राना र गोपीचन्द्र पार्कीले आफ्नो टाइमिङमा सुधार गरे पनि राष्ट्रिय कीर्तिमान बनाउन सकेनन् ।

फुलमती रानासहित सोम बहादुर कुमाल र सन्तोषी श्रेष्ठले २-२ इभेन्टमा सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?