+
+

प्रचण्डलाई शेखरको प्रश्न : कसका विरुद्ध सडकमा जनता उतार्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १९:०८

१८ असोज,बुटवल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कसका विरुद्ध जनता सडकमा उतार्छौं भनेको भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले केही हप्ता अघि समाजवादी मोर्चाको कार्यक्रमममा असोजपछि लाखौं जनता सडकमा उतार्ने अभिव्यक्ति दिएका थिए ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलनलाई बिहीबार मायादेवी गाउँपालिका-६ बेथरीमा सम्बोधन गर्दै डा. कोइरालाल देशको प्रधानमन्त्रीले कसको विरुद्ध मानिस सडकमा ल्याउने भन्ने प्रश्न गरे ।

‘हामी पनि सरकारमा छौं, प्रचण्ड हाम्रो प्रधानमन्त्री पनि हुनुहुन्छ, अनि कसको विरुद्ध लाखौं मानिस सडकमा ल्याउने भन्दै हुनुहुन्छ ?’ उनले भने,‘प्रचण्डजीले २०८४ मा माओवादीलाई बहुमत दिए प्रदेशको नामाकरण फेरेर जातीय आधारमा बनाउँछौं भन्नुभयो, त्यसमा पनि हाम्रो आपत्ति छ ।’

नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक मुलुक भएको र कुनै जातजातिको बाहुल्य नभएकाले जातीय राज्यमा जान नसक्ने स्पष्ट पारे ।

उनले मुलुकमा अराजकताले सीमा नाघेपनि संसदीय व्यवस्थामा प्रधानमन्त्रीले जे भन्यो त्यही हुने भएकाले कांग्रेस ९ मन्त्रालयसहित सरकारमा रहेपनि मुकदर्शक बनेको उनको भनाइ छ ।

नेता कोइरालाले मुलुकको विकासका लागि कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेकोमा जोड दिए । उनले २०८२ मंसिरभित्र कांग्रेसको महाधिवेशन हुने गरी लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?