+
+

किरात धर्म गुरु लिङ्देनको आश्रममा शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १४:४५

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला किरात धर्म गुरु आत्मानन्द लिङ्देनसँग भेट गर्न उनको आश्रम पुगेका छन् ।

उपनिर्वाचनको प्रचारका लागि इलाम–२ पुगेका कोइराला मंगलबार माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको लिङ्देनको आश्रम पुगेका हुन् ।

भेटमा धर्म गुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोग्नुपरेको र धर्म संस्कृतिको क्षेत्रमा प्रहार हुन थालेको गुनासो गरेका थिए ।

गिरिजाप्रसाद कोइराला ३ पटक आफूलाई भेट्न आएको स्मरण गर्दै लिङ्देनले कोइरालालाई भने, ‘गिरिजाप्रसाद पछि देशले जिम्मेवार अभिभावक पाएन । अब एकपटक देशको बागडोर सम्हालेर जनताको अभिभावक बनिदिनुस्, म तपाईंको साथमा छु ।’

जवाफमा नेता कोइरालाले आफू यतिबेला सबैभन्दा माथि देश र जनता छन् भन्ने अभियान बोकेर हिंडेको बताए । कोइरालाले सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा आफू अडिग रहेको र त्यसका लागि गुरु लिङ्देनसँग पनि छलफल गर्न आएको बताए । कोइरालाले अहिलेको बेथिति हटाएर देशलाई निकास दिन सक्षम रहेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?