+
+

निर्माण सामग्री उद्योग र साना व्यवसायीले कर्जा पुनःसंरचना गर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते २२:१६

१८ असाेज, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण सामग्री उत्पादन गर्ने उद्याेग, ५ कराेडसम्म कर्जा लिएका साना व्यवसायी तथा शिक्षा-स्वास्थ्य व्यवसायीलाई राहत दिएकाे छ।

बिहीबार राष्ट्र बैंकले बैंकहरूलाई जारी गरेकाे एकीकृत निर्देशन २०७९ मा संशाेधन गर्दै त्यस्ता उद्योग तथा व्यवसायमा गएको कर्जाहरूलाई पुनःसंरचना र पुनर्तालिकीकरण गर्नसक्ने व्यवस्था गरेकाे हाे ।

राष्ट्र बैंकले सिमेन्ट, डण्डी, इँटा/ ब्लक, पाइप्स एण्ड फिटिङ्सलगायतका उद्याेगमा प्रवाहित कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्नसक्ने व्यवस्था गरेकाे हाे । यस्तै शिक्षा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा तथा बाढी, पहिराे, भुकम्प, जस्ता प्राकृतिक /दैवी प्रकाेपबाट प्रभावित भएका परियाेजनामा रहेकाे कर्जालाई पनि यस्तो सुविधा दिइएको छ ।

यी कर्जाहरू बैंकहरूले नै उद्याेग / व्यवसायकाे नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यकाे आधारमा पुनर्संरचना वा पुनर्तालिकीकरण गर्नसक्नेछन् । तर, त्यसअघि बुझाउनुपर्ने ब्याजकाे कम्तीमा १० प्रतिशत रकम असुल उपर गर्नुपर्ने व्यवस्था राष्ट्रबै‌ंकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?