+
+

नेपाल र रोमानियाबीच श्रम सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १६:५९

१९ असोज, काठमाडौं । युरोपियन देश रोमानियासँग नेपालले श्रम सम्झौता गरेको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी र रोमानियाका श्रम मन्त्री सिमोना बुकुरा अप्रेस्कु बीच आज शुक्रबार द्विपक्षीय श्रम समझदारीमत्रमा हस्ताक्षर भएको हो ।

नेपाल र रोमानिया बीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि दुई देशबीच श्रम सम्झौता भएको मन्त्रालयले जनाएको छ ।

सम्झौता अनुसार नेपालमा रोमानियाका लागि राजदूतावास स्थापना गर्ने, आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधी तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्न, रोमानियामा नेपाली श्रमिकहरुका लागि सम्भावित सीपयुक्त श्रम बजारको पहिचान गर्नका साथै महिला श्रमिकहरुलाई समेत लक्षित गरि सुरक्षित वैदेशिक रोजगारलाई संयोजन गर्ने जस्ता कार्यलाई प्राथमिकतामा राखिने छ ।

नेपालको तर्फबाट प्रतिनिधिमण्डलमा सहभागी मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको सहभागिता थियो ।

सम्झौतापछि मन्त्री भण्डारीले नेपाली कामदारसँग सरोकारका विषयहरु र द्विपक्षीय श्रम समझादारीका आवश्यकता र प्रभावकाबारेमा प्रस्तुत गरेका थिए । रोमानिया पक्षबाट नेपाली कामदारको हक,हित सुरक्षा कायम गर्ने प्रतिवद्वता व्यक्त भएको थियो ।

उलेख्य संख्यामा नेपाली कामदार माग रहेको र पारदर्शी रुपमा कामदारको छनौट तथा छोटो अवधिमा कामदार ल्याने प्रकृयामा समन्वय र सहकार्य गर्ने रोमानियाका प्रतिनिधिले बताएका थिए ।

दोहोरो करार, आधारभूत अंग्रेजी भाषाको ज्ञान तथा व्यावसायिक सीप जस्ता विषयहरुमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्न सहमति भएको छ ।

रोमानियामा कार्यरत रहेका कुनै पनि आप्रवासी कामदारहरुले रोमानियाका नागरिक सरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने व्यवस्था रहेको जानकारी रोमानियाले गराएको छ ।

दुबै पक्षको श्रमसँग सम्बन्धित निकायबीच समन्वय र सहकार्य गरी द्विपक्षीय श्रम समझदारीको प्रभावकारी कार्यान्वयन गर्ने भन्दै समझदारी पक्षमा हस्ताक्षर भएको छ । पछिल्लो समय नेपाली युवाहरुको श्रम गन्तव्यको रुपमा रोमानियामा आकर्षण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?