+
+

३ लाख ८० हजारमै यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते २०:४६

१९ असोज, काठमाडौं  । नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड मोटरसाइकल ३ लाख ७९ हजार ९ सय रुपैयाँमा विक्री गर्ने भएको छ । यो मोटरसाइकलमा एफआई इन्जिन, नवीनतम् डबल डिस्क र बीएस सिक्स इन्जिन टेक्नोलोजीसहित तीनवटा मुख्य विशेषताहरू रहको कम्पनीले जनाएको छ ।

एफजेड एफआई भीथ्री स्ट्यान्डर्डमा कुनै पनि सुविधाहरुमा सम्झौता नगरी किफायतीपन कायम गरिएको एमएडब्लुको भनाइ छ। यो मोटरसाइकल कालो र निलो रङमा उपलब्ध छ ।

यो मोटरसाइकल आकर्षक स्पोर्टी डिजाइनमा रहेको छ । यसमा १४९ सीसी एयर-कूल्ड फोर-स्ट्रोक सिंगल-सिलिन्डर ब्लूकोर इन्जिन छ भने यसले मध्यम रेन्जको पावर दिने कम्पनीले जनाएको छ । यसको इन्धन इन्जेक्टेड इन्जिन शक्तिशाली र प्रभावकारी रहेको कम्पनीको दाबी छ । यसले औसत ४५ देखि ५० किमी प्रति लिटरको माइलेज प्रदान गर्ने पनि जनाइएको छ ।

मोटरसाइकलमा ट्याकोमिटर, ओडोमिटर, सिंगल ट्रिप मिटर, फ्युल इन्डिकेटर, स्पिडोमिटर र इको ल्याम्पसहितको सूचनात्मक डिजिटल मिटर जडान गरिएको छ । मोटरसाइकलको अगाडि ४१ एमएम टेलिस्कोपिक सस्पेन्सन र पछाडि ७-स्टेप एडजस्टेबल मोनोक्रस सस्पेन्सन छन्, जसले यात्रालाई आरामदायी बनाउने कम्पनीको दाबी छ । सुरक्षाका लागि डुअल डिस्क ब्रेकिङ प्रणाली रहेको जनाइएको छ ।

‘स्पोर्टिनेस, स्टाइलिस र एक्साइटमेन्टका विशेषताले सुसज्जित मोटरसाइकल किफायती मूल्यमा ग्राहकसामु ल्याउने यामाहाको प्रतिबद्धतास्वरुप एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड आएको हो,’ एमएडब्लू टू ह्वीलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?