+
+

झापा एफसीको ब्रान्ड एम्बेस्डरमा हरि खड्का

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २० गते १९:२२

२० असोज, काठमाडौं । नेपालका किर्तिमानी फरवार्ड हरि खड्कालाई नेपाल सुपर लिग एनएसएल टोली झापा एफसीले आफ्नो ब्रान्ड एम्बेस्डरको रूपमा घोषणा गरेको छ ।

नेपाली फुटबलका चर्चित व्यक्तित्व खड्काले राष्ट्रिय टोलीका लागि सबैभन्दा बढी १३ गोल गर्ने खेलाडीको इतिहास बनाएका छन् ।

‘हरि खड्का जस्तो फुटबलका हस्तीलाई हाम्रो ब्रान्ड एम्बेसेडरको रूपमा पाउनु झापा एफसीको लागि गौरवको कुरा रहेको छ,’ झापा एफसीका अध्यक्ष अर्पण विक्रम खड्काले भने, ‘नेपाली फुटबलमा उनको अतुलनीय योगदान र झापा जिल्लासँगको उनको सम्बन्धले यो साझेदारीलाई साँच्चै विशेष बनाएको छ ।’

मैदानमा आफ्नो उत्कृष्ट खेल र कलाकौशलका लागि परिचित खड्काले पनि यो नयाँ भूमिकाको बारेमा आफ्नो उत्साह व्यक्त गरे ।

झापा एफसीले आगामी एनएसएलका लागि स्पेनिस प्रशिक्षक ओरिओल मोहेडानो सेगुरालाई प्रमुख प्रशिक्षक र चेतन घिमिरेलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको थियो ।

राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट झापा एफसीको मार्की खेलाडी छन् ।

एनएसएलको दोश्रो संस्करण मंसिर ८ गतेबाट काठमाडौंको दशरथ रंगशालामा हुँदै छ । झापा एफसीले मंसिर ११ गते आफ्नो पहिलो खेल स्पोर्टिङ डी ईलामसँग खेल्ने छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?