+
+

आर्सनल लामो समयसम्मै उपाधि दाबेदार रहन्छ : ग्वार्डिओला

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २० गते २०:२४

काठमाडौं । म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले प्रिमियर लिगमा आर्सनल लामो समयसम्म उपाधि दाबेदार टिमका रुपमा रहने बताएका छन् ।

डिफेण्डिङ च्याम्पियन सिटीले भोलि आइतबार आर्सनलसँग उसकै घरेलु मैदान इमिरेट्स स्टेडियममा खेल्नु छ । त्यसको अघिल्लो दिन ग्वार्डिओलाले आर्सनलको तारिफ गरेका हुन् ।

गत सिजन लिगको दोस्रो स्थानमा रहेको आर्सनल यो सिजन अपराजित छ । ग्वार्डिओलाको टिम सिटीले भने वेल्फ्ससँग अन्तिम साता हार व्यहारेको थियो, तर अझै आर्सनल भन्दा एक अंक माथि छ ।

वार्डिओलाले भने, ‘गत सिजन उनीहरु सबैभदा बलिया प्रतिद्वन्द्वी थिए र लामो समयसम्म रहने छन् ।’

के यो सिजन पनि आर्सनल उपाधिको प्रतिद्वन्द्वी हुन्छ भन्ने प्रश्नमा उनले भने, अवश्य, लिभरपुलसँगै । सुरुवाति १० खेलपछि उपाधिको दावेदारबारे विश्लेषण गर्नु उपयुक्त हुन्छ । त्यसैले हामीले पर्खिनुपर्छ, तर ठूला क्लबहरु सँधै दावेदार हुन्छन् ।’

आफूले बार्सिलोनामा प्रशिक्षकको करियर सुरु गर्दै गर्दा आर्सनलले एलेक्स फर्गुसनको म्यानचेष्टर युनाइटेड टिमसँग प्रतिस्पर्धा गरेको स्मरण गर्दै उनले भने, ‘त्यसपनि उनीहरु (आर्सनल) त्यहाँ रहेन, तर अहिले उनीहरु फर्किएका छन् ।’

प्रिमियर लिगको पछिल्लो १२ खेलमा आर्सनल हारेको छ, गत यो सिजनको सुरुमै कम्युनिटी सिल्ड कपमा सिटीलाई हराएर आर्सनलले उपाधि जितेको थियो ।

आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाका अनुसार भोलि आइतबार पनि त्यस्तै नजिता आउनसक्छ । ‘मेरो एक मात्र चिन्ता विपक्षीको क्वालिटी हो र आइतबार हामीले १०० मिनेट हाम्रो बेष्ट दिनुपर्छ’ उनले अघि भनेका छन् ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?