+

ब्रुनो गिमारेस आर्सनलमा अनुबन्धित

२०८३ साउन  २३ गते १८:२८ २०८३ साउन २३ गते १८:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगको च्याम्पियन आर्सनलले न्युकासल युनाइटेडका मिडफिल्डर ब्रुनो गिमारेसलाई ७ करोड ५० लाख पाउन्डमा अनुबन्ध गरेको छ ।
  • २८ वर्षीय ब्राजिलियन मिडफिल्डर गिमारेसले आर्सनलसँग चार वर्षको सम्झौता गरेका छन् जसमा सम्झौता थप एक वर्ष लम्ब्याउन सकिने विकल्पसमेत रहेको छ ।
  • गिमारेसले न्युकासल छाड्ने निर्णय जीवनकै कठिन भएको उल्लेख गर्दै नयाँ क्लबमा उपाधि जित्ने र इतिहास बनाउने लक्ष्य रहेको बताए ।

२३ साउन, काठमाडौं । इंग्लिस प्रिमियर लिगको च्याम्पियन आर्सनलले न्युकासल युनाइटेडका मिडफिल्डर ब्रुनो गिमारेसलाई ७ करोड ५० लाख पाउन्डमा अनुबन्ध गरेको छ ।

२८ वर्षीय ब्राजिलियन मिडफिल्डर गिमारेसले आर्सनलसँग चार वर्षको सम्झौता गरेका छन् । सम्झौतामा थप एक वर्ष लम्ब्याउन सकिने विकल्पसमेत रहेको छ ।

न्युकासलका पूर्वकप्तान गिमारेसले यसअघि नै आर्सनल जाने इच्छा स्पष्ट पारेका थिए । उनले न्युकासल छाड्ने निर्णय आफ्नो जीवनकै कठिन निर्णयमध्ये एक भएको बताए ।

‘यो स्थानान्तरण निकै कठिन निर्णय हो, किनभने न्युकासल मेरो लागि धेरै अर्थ राख्छ । तर म आफ्नो जीवनमा नयाँ अनुभव लिन चाहन्थें । म आफू र आफ्नो परिवारका लागि नयाँ चुनौती लिन तयार छु,’ उनले भने ।

गिमारेसले नयाँ क्लबमा उपाधि जित्ने र इतिहास बनाउने लक्ष्य रहेको बताए । उनले आर्सनलमा आबद्ध हुने निर्णय सही भएको विश्वाससमेत व्यक्त गरेका छन् ।

गिमारेस सन् २०२२ को जनवरीमा रेलिगेसनको संकटमा रहेको न्युकासलमा आबद्ध भएका थिए । त्यसपछि उनले टोलीको पुनरुत्थानमा महत्वपूर्ण भूमिका खेले ।

उनको कप्तानीमा न्युक्यासलले २०२५ को ईएफएल कपको फाइनलमा लिभरपुललाई हराउँदै सात दशकपछि प्रमुख घरेलु उपाधि जितेको थियो ।

उनले न्युकासललाई सन् २०२३ र २०२५ मा च्याम्पियन्स लिगमा छनोट गराउन पनि योगदान दिएका थिए । यद्यपी गत सिजन न्युकासल प्रिमियर लिगमा १२औं स्थानमा सीमित भएको थियो ।

आर्सनल ब्रुनो गिमारेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय