+

ईस्पोर्ट्स विश्वकप : पब्जी मोबाइल विश्वकपमा होरा ईस्पोर्ट्सले आजदेखि खेल्दै

२०८३ साउन  २३ गते १२:२० २०८३ साउन २३ गते १२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ईस्पोर्ट्स विश्वकप २०२६ अन्तर्गत पब्जी मोबाइल विश्वकपको समूह ‘बी’ मा आजदेखि नेपालको होरा ईस्पोर्ट्सले प्रतिस्पर्धा गर्दैछ ।
  • समूह चरणको शीर्ष पाँचमा रहने टोलीले सिधै ग्रान्ड फाइनलमा स्थान बनाउनेछन् भने छैटौंदेखि १३औं स्थानसम्म रहने टोलीले सर्भाइभल स्टेज खेल्नेछन् ।
  • होरा ईस्पोर्ट्सले प्रतियोगिताको अन्तिम चरणमा स्थान बनाउनका लागि आज र भोलि हुने समूह ‘बी’ का खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

८ साउन, काठमाडौं । ईस्पोर्ट्स विश्वकप २०२६ अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्सले आजदेखि समूह ‘बी’ मा प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ का खेल अगस्ट ८ र ९ मा हुनेछन् ।

समूह ‘बी’ मा होरासहित १६ टोली छन् । समूह चरणको शीर्ष पाँचमा रहने टोलीले सिधै ग्रान्ड फाइनलमा स्थान बनाउनेछन् । छैटौंदेखि १३औं स्थानसम्म रहने टोलीले भने सर्भाइभल स्टेज खेल्नेछन् भने अन्तिम तीन स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् ।

सर्भाइभल स्टेजमा दुवै समूहबाट छैटौंदेखि १३औं स्थानसम्म रहने गरी कुल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्ये शीर्ष ६ टोलीले ग्रान्ड फाइनलमा स्थान बनाउनेछन् । यससँगै समूह चरणबाट सिधै फाइनल पुग्ने १० टोली र सर्भाइभल स्टेजबाट आउने ६ टोली गरी ग्रान्ड फाइनलमा १६ टोलीको प्रतिस्पर्धा हुनेछ ।

समूह ‘ए’ का खेल भने अगस्ट ६ र ७ मा सम्पन्न भइसकेका छन् । समूह ‘ए’ बाट पाकिस्तानको फोर थ्राइभसहित पाँच टोलीले सिधै ग्रान्ड फाइनलमा स्थान बनाएका छन् । फोर थ्राइभसँगै भारतको ओरानगुटान, मंगोलियाको अउरोरा, भियतनाम/सिंगापुरको टिम फ्ल्यास र मिडल इस्टको निग्मा ग्यालेक्सी शीर्ष पाँचमा रहँदै फाइनलमा पुगेका हुन् ।

समूह ‘ए’ बाट फाइनलमा पुग्ने पाँचमध्ये चार टोली एसियाली क्षेत्रका रहेका छन् । अब समूह ‘बी’ मा होरा ईस्पोर्ट्सले पनि उत्कृष्ट प्रदर्शन गर्दै सिधै ग्रान्ड फाइनलको टिकट काट्ने लक्ष्य राख्नेछ ।

नेपालको प्रतिनिधित्व गरिरहेको होराका लागि आज र भोलिका खेल निकै महत्वपूर्ण छन् । समूह चरणको शीर्ष पाँचमा पर्न सके उसले सर्भाइभल स्टेजको झन्झटबिनै प्रतियोगिताको अन्तिम चरणमा स्थान बनाउनेछ ।

छैटौंदेखि १३औं स्थानसम्म रहेमा भने फाइनल प्रवेशका लागि अर्को चरणको चुनौती पार गर्नुपर्नेछ ।

ईस्पोर्ट्स विश्वकप पब्जी मोबाइल विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय