News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बक्सिङ महासंघले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने र उत्कृष्ट प्रदर्शन गर्ने चार खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
- चन्द्रबहादुर थापा र अर्पिल रानालाई पदक जितेबापत तथा लालप्रसाद उप्रेती र अन्जनी तेलीलाई उत्कृष्ट प्रदर्शन गरेबापत सम्मान गरिएको हो ।
- सदस्य–सचिव रामचरित्र मेहताले खेलाडीहरूलाई ५० हजारदेखि १० हजार रुपैयाँसम्मको नगद राशी र प्रशंसा पत्र प्रदान गर्नुभयो ।
२२ साउन, काठमाडौं । नेपाल बक्सिङ महासंघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने २ र उत्कृष्ट प्रदर्शन गर्ने २ गरी ४ खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
पदक विजेता चन्द्रबहादुर थापा र अर्पिल राना तथा उत्कृष्ट प्रदर्शन गर्ने लालप्रसाद उप्रेती र अन्जनी तेली सम्मानित भएका हुन् ।
चन्द्रले सन् २०२५ मा दुबइमा भएको आईबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिप ५४ केजीमुनि कांस्य जितेका थिए । सोही प्रतियोगिताको ५१ केजीमुनि लालप्रसाद क्वाटरफाइनलमा पुगेका थिए ।
सन् २०२५ मा थाइल्यान्डमा भएको एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपको पुरुष ५० केजीमुनि अर्पिलले कांस्य प्राप्त गरेका थिए । अञ्जनीले सन् २०२३ मा भारतमा भएको आईबा महिला विश्व बक्सिङ च्याम्पियनसिपको ५२ केजीमुनि क्वाटरफाइनल यात्रा तय गरेकी थिइन् ।
चन्द्रले ५० हजार, अर्पिलले २० हजार तथा लालप्रसाद र अन्जनीले समान १०–१० हजारसहित प्रशंसा पत्र पाए । उनीहरुलाई सदस्य–सचिव रामचरित्र मेहताले सम्मान गरे ।
अन्जनी भने कार्यक्रममा उपस्थित थिइनन् ।
प्रतिक्रिया 4