+

रवि बोपाराले लगातार तेस्रो सिजन चितवन राइनोजबाट खेल्ने

२०८३ साउन  २२ गते १९:३८ २०८३ साउन २२ गते १९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्डका पूर्वराष्ट्रिय क्रिकेटर रवि बोपाराले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजबाटै खेल्ने निश्चित भएको छ ।
  • चितवन राइनोजले सामाजिक सञ्जालमार्फत ४१ वर्षीय अलराउण्डर बोपारा आफ्नो टोलीमा लगातार तेस्रो पटक अनुबन्धित भएको जानकारी दिएको छ ।
  • विभिन्न फ्रेन्चाइज लिगमा अनुभव बटुलेका बोपाराले ४९४ टी२० खेलमा ९ हजार ९४८ रन बनाउनुका साथै २९२ विकेट लिएका छन् ।

२२ साउन, काठमाडौं । इंग्ल्यान्डका पूर्वराष्ट्रिय क्रिकेटर रवि बोपाराले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पनि चितवन राइनोजबाटै खेल्ने भएका छन् ।

चितवनले सामाजिक सञ्जालमार्फत बोपाराले लगातार तेस्रो संस्करण खेल्ने जानकारी दिएको हो ।

४१ वर्षीय भेट्रान ब्याटिङ अलराउण्डर बोपाराले इंग्ल्याण्डका लागि १३ टेस्ट, १२० ओडिआई र ३८ टी२०आई खेल खेलेका छन् । उनी ओपनिङ र मिडल अर्डर दुवै पोजिसनमा ब्याटिङ गर्न सक्षम खेलाडी हुन् ।

दायाँहाते ब्याटिङ गर्ने उनले आफ्नो करियरमा ४९४ टी२० खेलमा ९ हजार ९४८ रन बनाएका छन् भने २९२ विकेट पनि लिएका छन् ।

बोपारा पहिलो सिजनको एनपीएलमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । दोस्रो संस्करणमा ७ खेलमा २३७ रन बनाउँदै सर्वाधिक रन बनाउनेको सूचीमा छैटौं स्थानमा रहे ।

उनले इंग्ल्याण्डको राष्ट्रिय टिमबाहेक आईपीएल, बीबीएल, पिएसएल, सीपीएल, एलपीएललगायत विश्वका धेरै फ्रेन्चाइज टी२० लिग खेलेका छन् ।

भाइटालिटी टी-२० ब्लास्ट र दी हन्ड्रेडमा गरी ५ हजार भन्दा बढी रन बनाएका छन् ।

एनपीएल २०२६ चितवन राइनोज रवि बोपारा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय