+

सविन र रोहित टप १६ ग्रान्ड मास्टर्स स्नूकरको फाइनलमा

२०८३ साउन  २२ गते ७:१२ २०८३ साउन २२ गते ७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सविन तामाङ र रोहित क्षेत्री प्रथम काठमाडौं खेलमण्डल नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् ।
  • सविन तामाङले सेमिफाइनलमा नेपालका नम्बर एक खेलाडी वाङचू तामाङलाई ५–४ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका छन् ।
  • अर्को सेमिफाइनल खेलमा रोहित क्षेत्रीले राजन गुरुङलाई ५–२ ले पराजित गर्दै शनिबार हुने फाइनलमा सविनसँगको भिडन्त पक्का गरेका छन् ।

२१ साउन, काठमाडौं । सविन तामाङ र रोहित क्षेत्री प्रथम काठमाडौं खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् ।

नेपालका नम्बर एक खेलाडी वाङचू तामाङ भने सेमिफाइनलमा पराजित भएपछि फाइनल पुग्न असफल रहे ।

काठमाडौं खेल मण्डल (एनआरटी) को आयोजनामा त्रिपुरेश्वरस्थित क्लबकै भवनमा भएको प्रतियोगिताअन्तर्गत बिहिबार भएको सेमिफाइनलअन्तर्गत बेस्ट अफ नाइन खेलमा सविन तामाङले वाङचूलाई निर्णायक सेटमा ५–४ ले स्तब्ध पारे ।

सविनले शनिबार रोहित क्षेत्रीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । बिहिबारै भएको पहिलो सेमिफाइनलमा रोहितले राजन गुरुङलाई ५–२ ले पराजित गर्दै फाइनल पुगेका हुन् ।

प्रतियोगिताको विजेतालाई एक लाख ११ हजार १११ रुपियाँसहित च्याम्पियन ट्रफी तथा उपविजेतालाई ५१ हजार रुपियाँसहित ट्रफी प्रदान गरिनेछ । सेमिफाइनलिस्ट दुई खेलाडीलाई जनही २५ हजार रुपियाँसहित ट्रफी प्रदान गरिनेछ ।

यसैगरी सेन्चुरी ब्रेक गर्नेलाई २५ हजार दामाशाही र ८० अंकभन्दा बढी हाइएस्ट ब्रेक गर्नेलाई २० हजार रुपियाँ दामाशाही र ट्रफी पुरस्कार स्वरुप दिइने आयोजकले जनाएको छ ।

टप १६ ग्रान्ड मास्टर्स स्नूकर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय