+
+
Shares

पहिरोले कास्कीको किम्रोङखोला थुनियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते १३:०६

२१ असोज, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङमा पहिरो गएर करिब २४ घन्टादेखि किम्रोङखोला थुनिएको छ । लामो समयदेखि खोला थुनिँदा ठूलो ताल बनेको छ ।

ताल जुनसुकै बेला खोलिने सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन स्थानीयबासिन्दाले आग्रह गरेका छन् ।

‘यो त हिजैदेखि थुनिएको हो । अहिले त ठूलो ताल भइसक्यो, यो बाँध फुट्यो भने मोदीखोलालाई पनि ठूलो असर गर्छ,’ अन्नपूर्ण गाउँपालिका घान्द्रुकका राजु गुरुङले अनलाइनखबरसँग भने, ‘मोदी खोला वरिपरिका मान्छेलाई सतर्कता अपनाउन भनिदिनुप्‍यो ।’

गुरुङका अनुसार करिब ११ वर्ष पहिले पनि किम्रोङ खोलामा त्यसरी नै पहिरो गएर खोला थुनिएको थियो ।

‘अहिले फेरि त्यस्तै भयो । बाँध भएर ताल बनेको छ,’ उनले भने, ‘यो त जतिबेला पनि फुट्न सक्छ ।’ खहरे किम्रोङ खोला तल आएर मोदी खोलासँग मिसिन्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?