+
+

घिन घिन मादल घिनमा आशिष र शनिशा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते १५:४३

काठमाडौँ । गायक आशिष सचिनको घिन घिन मादल घिन बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गायक सचिनसँगै गायिका बेनिशा पौडेलको स्वर रहेको सार्वजनिक गीतको भडियोमा स्वयम गायक सचिन र मोडल शनिशा भट्टराइको रोमान्टिक अभिनय देख्न सकिन्छ । जसमा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको छ ।

सार्वजनिक गीतमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानी र मन भित्र पलाएको मायालाई लुकाएरै राख्ने मायालुको स्वभावलाई निर्देशक मौसम हिमालीले भिडियोमा देखाएका छन् ।

भिडियोमा आशिषसँग सनिशा गज्जबसँग खुलेकी छिन् । नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने भिडियोको सम्पादन र कलरिगं मिलन विश्वकर्माले गरेका हुन् ।

निर्देशक हिमालीकै कन्सेप्ट र कोरियोग्राफी रहेको भिडियोको निर्माण ओम अग्रवालले गरेका हुन् । भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो ।

गायक सचिनका यसअघि ‘दारी फुल्यो बैंसैमा’ ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’लगायतका गीतले राम्रो चर्चा पाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?