+
+

जेनी हर्मोसो भन्छिन्- मेरो बचाउमा कोही आएनन्

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते १४:२९

२३ असोज, काठमाडौं । विश्वकप विजेता बनेपछि स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियल्सले चुम्बन गरेकी खेलाडी स्पेनिस खेलाडी जेनी हर्मोसो निराश देखिएकी छिन् ।

स्पेनले महिला विश्वकप फुटबल जितेको खुसरुी मनाउने क्रममा रुबियल्सले हर्मोसोलाई ट्रफी वितरण समारोहमा चुम्बन गरेका थिए ।

हर्मोसोले अध्यक्षले बिना अनुमति चुम्बन गरेको र आफूमाथि दुर्व्यवहार भएको बताएकी थिइन् । त्यसपछि रुबियल्सको धेरै आलोचना भएको थियो र उनले पद छाड्नु परेको थियो । एउटा टेलिभिजन कार्यक्रममा उपस्थित भएकी उनले निराश हुँदै यो घटनामा आफूलाई कसैले बचाउन नगरेको गुनासो गरेकी छिन् ।

‘त्यसबेला यसबारेमा प्रतिक्रिया दिन मसँग समय थिएन । म यो सबै झेल्न लायक छैन । मलाई घर छोडेर बाहिर निस्किन मुस्किल भइरहेको छ,’ उनले भनिन्, ‘उनीहरुलाई गाह्रो नहोस् भनेर मैले मड्रिड छोड्नुपर्‍यो । म कोठामा रोएर बस्नु परेको छ, जबकि मैले केही गरेकै छैन ।’

अरु खेलाडीको सुरक्षाका लागि आफूमाथि भएको दुर्व्यवहारका बारेमा बोलेको तर आफ्नै सुरक्षा नभएको उनले बताइन् । उनले भनेकी छिन्, ‘मेरो छवि खराब गरियो । मेरो सुरक्षा कसैले पनि गरिरहेको थिएन ।’

उनले उक्त चुम्बनको बारेमा भनिन्, ‘म एकदमै आश्चर्यचकित थिएँ । त्यो एक ऐतिहासिक क्षण थियो, जसका लागि हामीले आफ्नो ज्यान लगाएका थियौं । मैले कुनै पनि समय यस्तो होला भन्ने सोचेको थिइनँ । मैले उनलाई अंकमाल गरें । उनी निकै भरोसा गर्न लायक मानिस थिए, तर मैले यो कतै पनि अपेक्षा गरेको थिइनँ ।’

उनले त्यो चुम्बनमा आफ्नो असहमति भएको दोहोर्‍याइन् । ‘म यो कुरा स्पष्ट रुपमा भन्न चाहन्छु कि उसले गरेको चुम्बनमा मेरो कुनै सहमति थिएन र मैले कुनै पनि किसिमले अध्यक्षलाई प्रोत्साहित गरेकी थिइनँ ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?