+
+

दशैं यात्रा सहज बनाउन दुई व्यस्त राजमार्ग तत्काल मर्मत गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते १७:४९
फाइल तस्वीर

२३ असोज, काठमाडौं । स्तरोन्नति र निर्माणका लागि भत्काइएका व्यस्त राजमार्ग सवारी साधन सञ्चालनका लागि सहज हुने गरी मर्मत गरिने भएको छ ।

मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा बसेको चाडपर्व लक्षित यातायात व्यवस्थापन गर्ने सम्बन्धमा बसेको सरोकारवाला निकायका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

विभागका अनुसार पूर्व–पश्चिम राष्ट्रिय राजमार्ग अन्तर्गत कावासोती, चोरमारा, दाउन्ने सडक खण्ड र पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत कोत्रेबाट २१ किमि काठमाडौंतर्फको सडक सवारी साधन सञ्चालन गर्न सहज हुने हिसावले सडक विभागबाट तत्काल सडक मर्मत कार्य गर्नुपर्ने निर्णय भएको छ ।

नारायणगढ-बुटवल सडक खण्ड/फाइल तस्वीर

सो बैठकले खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ठूला सवारी साधनलाई नारायणगढ–काठमाडौं सडकमा २६ असोजबाटै रोक्ने निर्णय गरेको छ । यसअघि सरकारले यी सवारीलाई २८ असोजदेखि मात्र रोक्ने निर्णय लिएको थियो ।

तर, यात्रुबाहक सवारी साधनको सहजताका लागि मालबाहक ठूला सवारी साधन रोक्ने निर्णय भएको हो । यो निर्णय ८ कात्तिकसम्म लागु हुने भएको छ । रुट परमिट खुला हुने दिन समेत अब अगाडि सारिएको छ ।

यसअघि घटस्थापना देखि देशभर रुट परमिट खुला गर्ने निर्णय भएकोमा अब भने २६ असोजदेखि रुट परमिट खुला भएको छ । अब सवारी साधनहरु पूर्णिमाको दिनसम्मै रुट परमिटविना चल्न सक्ने छन् । तर, कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीमा भने सो बन्देज कायमै रहने भएको छ ।

हेर्नुहोस् यातायात व्यवस्था विभागको निर्णयः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?