+
+

बीपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते २०:४६

२४ असोज, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका  चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लामो समयदेखि बढुवा रोकिएको भन्दै १७७ जना डाक्टरले शुक्रबारबाट लागू हुनेगरी सामूहिक राजीनामा दिएका हुन् ।

चिकित्सक र कर्मचारीको बढुवा रोकिएपछि आन्दोलनरत चिकित्सकले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामापत्र बुझाएको  डाक्टर एसपी रिमालले जानकारी दिए ।

चिकित्सकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

‘विगत ६ वर्षदेखि प्रमोशन ठप्प प्रायः छ, विगतका कैयौं आन्दोलनहरूपछि बल्लबल्ल खुलेको प्रमोशनको अन्तरवार्ता ६० प्रतिशतको सकिसक्दा पनि पनि टुंगो छैन’ रिमालले भने ‘शिक्षकहरूको जाँच त लिनुभयो तर पास हो कि फेल हो नै भन्दिनुभएन  ।’

पटक पटक सहमति भएपनि कार्यान्वयन नभएपछि राजीनामा बुझाएको उनले बताए । उनले भने, ‘तत्कालै समाधान हुने तर जानाजान लम्ब्याइएको र दिनरात प्रतिष्ठानका लागि काम गर्ने शिक्षकहरुलाई दुःख दिने मनसायले रोकिएका हाम्रा मागहरु पूरा नगरिएमा शुक्रबारदेखि लागु हुने गरी १७७ जना शिक्षकहरुले राजीनामा स्वास्थ्य मन्त्री र प्रधानमन्त्रीलाई बुझाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?