+
+

नेपालगञ्जको सिद्धार्थ होटललाई साउथ एसियन ट्राभल अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते २१:०३

२४ असोज, नेपालगञ्ज । सिद्धार्थ बिजनेस ग्रुपद्वारा सञ्चालित  सिद्धार्थ होटेल नेपालगञ्ज ‘साउथ एसियन ट्राभल अवार्ड २०२३’ बाट सम्मानित भएको छ ।

नेपाल, भारत,बंगालादेश, श्रीलंका,माल्दिभ्स, भुटानका करिब २ सय वटा होटेलहरूकाबीद्ब भएको प्रतिस्पर्धाबाट मिटिङ तथा कन्फ्रेरेन्स होटल/रिसोर्ट क्षेत्रमा सिद्धार्थ होटलले अवार्ड जितेको हो ।

नेपालसहित विभिन्न  ६ राष्ट्रको प्रतिनिधित्व रहेको  हरेक वर्ष पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा क्रियाशील विभिन्न कम्पनीलाई अवार्ड दिँदै आएको छ ।

होटलका तर्फबाट सो अवार्ड ग्रुपका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपाने, कर्पोरेट सेल्स एण्ड मार्केटिङ म्यानेजर नृर्पेश श्रेष्ठ र क्लस्टर सेल्स एण्ड मार्केटिङ म्यानेजर नविन भट्टले संयुक्त रुपमा  अबार्ड ग्रहण गरेका थिए ।

होटल सिद्धार्थमा विभिन्न क्षमताका ६ वटा हल छन् । ११०० जनाभन्दा बढी अट्ने हल सहितका अन्य हलहरूमा विभिन्न सभा/सम्मेलन गर्न सुबिधा  रहेको होटल सिद्धार्थले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?