+
+

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १०:४०
फाइल तस्वीर ।

२५ असोज, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण पुष्टि भएको छ । उनी बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् ।

उनका निजी चिकित्सक शिवजी सिलवालका अनुसार अहिले भने स्वास्थ्यमा तुलनात्मक सुधार भएको छ ।

उपराष्ट्रपति यादव सोमबारदेखि नै अस्वस्थ थिए । निवासमै उपचार गरिरहे पनि ठीक नभएपछि बुधबार साँझ सिभिल अस्पतालमा भर्ना गरिएको थियो ।

त्यतिबेला राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।

कस्ता लक्षण थिए उपराष्ट्रपति यादवलाई ?

उपराष्ट्रपति यादवलाई सुरुमा बान्ता हुने र टाउको दुख्ने लक्षण देखिएको थियो । त्यतिबेला उनले मिठाइ खाएकाले फुड प्वाइजन भएको हो कि भनेर शंका गरेर परीक्षण गरिएको थियो । तर पछि एक सय डिग्रीभन्दा बढी ज्वरो आइरहने, टाउको दुखिरहने, छाति दुख्ने र बान्ता पनि बेला–बेला भइरहने भएपछि बुधबार साँझ सिभिल अस्पताल भर्ना गरिएको थियो ।

उपराष्ट्रपति यादवको उपचार विदेश विष्ट र निजी चिकित्सक शिवजी सिलवालसहितको टोलीले गरिरहेको छ । निजी चिकित्सक सिलवालले अहिले किड्नी फङ्सन टेष्टको रिपोर्ट राम्रो रहेको र बान्ता/ज्वरो दुवै कन्ट्रोल भएको जानकारी दिए ।

तर प्लेटलेट्स घटिरहेकाले केही दिन अस्पतालमै राखेर उपचार गरिने उनले बताए । उनले भने, ‘अरु कुरा कन्ट्रोलमा रहे पनि आज बिहानसम्म पनि प्लेटलेट्स घटेकै देखिएकाले एक–दुई दिन अस्पतालमै राखेर हेर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?