+
+

‘दिमाग खराब’को टिकटक प्रतिस्पर्धा, उत्कृष्ट हुनेलाई आगामी फिल्ममा अभिनयको मौका

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १७:३०

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दिमाग खराब’ले प्रचार अभियानअन्तर्गत टिकटक प्रतिस्पर्धा आह्वान गरेको छ । पछिल्लो रिलिज गीत ‘झम्के झमा झम’ गीतमा टिकटक तथा युट्युब भिडियो बनाउनेलाई पुरस्कृत गर्ने घोषणा निर्माताले गरेका छन् ।

टिकटकमा उत्कृष्ट हुनेलाई ५० हजार र युट्युबमा भिडियो बनाउनेलाई डेढ लाख रुपैयाँ पुरस्कार दिने निर्माताले जनाएका छन् । प्रतियोगितामा सहभागी हुनेले टिकटक र युट्युब भिडियो बनाएर पोस्ट गर्नुपर्नेछ ।

प्रतिस्पर्धीले भिडियो पोस्ट गर्दा ‘झमके झमा झम’ र दिमाग खराब ह्यासट्यागको प्रयोग गर्नुपर्ने जनाइएको छ । उत्कृष्ट भिडियो बनाउनेलाई नगद पुरस्कारसँगै निर्माण कम्पनी सिनेमा आर्ट्सको आगामी फिल्ममा काम गर्ने अवसरसमेत प्रदान गरिने उल्लेख छ ।

‘झम्के झमाझम’ गीत बाबुल गिरीको शब्द र संगीतमा तयार भएको हो भने यसमा नम्रता काफ्ले र सुमित खड्काको स्वर छ । गीतको भिडियोलाई शेखर घर्ती मगरले कोरियोग्राफी गरेका हुन् ।

सिनेमा आर्ट तथा ब्ल्याक हर्स फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुस्कर गुरुङ, माओत्से गुरुङ, रमा थपलिया लगायत कलाकारको अभिनय छ । सामाजिक-राजनीतिक कथावस्तुमा बनेको फिल्मलाई आकाश बरालले लेखेका हुन् भने निर्देशन निश्चल बस्नेतले गरेका छन् ।

फिल्म कात्तिक २४ गतेदेखि प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?