+
+

उत्तर प्रदेशका मुख्यमन्त्री र कांग्रेस नेता कंडेलबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २७ गते १०:४३

२७ असोज, बुटवल । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कंडेलबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच शुक्रबार उत्तर प्रदेशको प्रयागराज लखनउस्थित मुख्यमन्त्री योगीको कार्यकक्षमा भेटवार्ता भएको हो ।

उक्त भेटमा नेता कंडेलले विशेष गरी उत्तर प्रदेश राज्यसँग जोडिएका नेपाल र भारतका सिमाक्षेत्रमा हुने समस्यालाई न्यूनीकरण गर्न,सहज आवत-जावतको व्यवस्था मिलाउन र दुई देशबीचको ब्यापार नीतिलाई समयानुकुल परिमार्जन गर्न आवश्यक रहेको मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।

नेता कंडेलले लुम्बिनी प्रदेशका तराईका सबै जिल्ला उत्तर प्रदेशसँग जोडिएकाले लुम्बिनी प्रदेशको औद्योगिक, आर्थिक र पर्यटन विकासमा सहयोग गर्न माग गरेका थिए ।

सीमा क्षेत्रमा रहेका सुस्ता अतिक्रमण,गण्डक बाँध लगायत समस्या दुई देशको उच्चस्तरीय वार्ताबाट समाधानमा सहयोग गर्न गर्न पनि नेता कंडेलले माग गरेका उनका स्वकीय सचिव कमलकिशोर रायमाझीले जानकारी दिए ।

उत्तर प्रदेशको २४ करोड जनसंख्याको केही प्रतिशत मात्रै जनसंख्यालाई हरेक वर्ष लुम्बिनी प्रदेशका धार्मिक र पर्यटकीय स्थलमा भ्रमण गराउन सके यहांको आर्थिक विकासमा टेवा पुग्ने भएकाले यसमा सहयोग गर्न पनि नेता कंडेलले आग्रह गरेका छन् ।

भेटवार्तामा नेता कंडेलले मुख्यमन्त्री योगीलाई लुम्बिनी प्रदेशका धार्मिक स्थलहरु नवलपरासी त्रिवेणीको गजेन्द्रमोक्षधाम, रुपन्देहीको लुम्बिनी, पाल्पाको बसन्तपुर, श्रीनगर, प्युठानको स्वर्गद्वारीको भ्रमणका लागि निम्तोसमेत दिएका थिए ।

मुख्यमन्त्री योगीले समय मिलाएर भ्रमणमा आउने बताएका कंडेलको सचिवालयले जनाएको छ । भेटमा उत्तर प्रदेशका पूर्वमन्त्री सुजन त्रिपाठी, व्यवसायी योगेश बाजपेयी लगायतले नेपाल र भारतबीचको सम्बन्ध जनस्तरमा पनि सुमधुर बनाउनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?