+
+

युनिलिभर नेपालले प्रतिकित्ता १,५८० रुपैयाँ लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते ११:५७

२९ असोज, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले सेयरधनीलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

२६ असोज शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीले २६ मंसिरमा साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले १२ मंसिरमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ ।

सञ्चालक समितिको बैठकको लाभांश वितरणको प्रस्ताव पारित गरेपछि ११ मंसिरसम्म कायम सेयरधनीले कम्पनीको लाभांश पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?