+
+

सहुलियतमा बिक्री गर्ने खसी, बोका र च्याङ्‍ग्राको मूल्य तोकियो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते २०:०९

२९ असोज, काठमाडौं । सरकारले सहुलियत मूल्यमा बिक्री गर्ने खसी, बोका र चाङ्ग्राको मूल्य तोकेको छ ।

३० असोजदेखि बिक्री गर्ने गरी जिउँदो खसी–बोका र चाङ्ग्राको प्रतिकेजी मूल्य निर्धारण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार जिउँदो खसी–बोकाको प्रतिकेजी मूल्य ६८० रुपैयाँ र जिउँदो चाङ्ग्राको प्रतिकेजी मूल्य १ हजार २६० रुपैयाँ तोकिएको छ । उक्त मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट पाइने छ ।

कम्पनीले देशका विभिन्न स्थानबाट एक हजार च्याङ्ग्रा र २ हजार खसीबोका काठमाडौं भित्र्याएको छ ।

काठमाडौंको थापाथलीस्थित कम्पनीको प्रादेशिक कार्यालयबाट ३० असोज बिहान ८ बजेदेखि हुनेछ खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?