+

कम उमेरका युवतीमा किन देखिंदैछ स्तन क्यान्सर ?

२०८१ वैशाख  १७ गते ७:०० २०८१ वैशाख १७ गते ७:००
कम उमेरका युवतीमा किन देखिंदैछ स्तन क्यान्सर ?

छालाको क्यान्सरपछि महिलाहरूमा धेरै देखिने स्तन क्यान्सर हो ।  ४० देखि ४४ वर्ष उमेरका महिलामा बढी देखिने यो क्यान्सरले अहिले कम उमेरका युवतीहरुलाई पनि असर गरिरहेको छ । हालै गरिएको एक अनुसन्धानअनुसार ४० वर्ष वा सोभन्दा कम उमेरका महिलामा स्तन क्यान्सरका केसहरू पाइएको छ तर सेकेन्ड प्राइमरी स्तन क्यान्सरको जोखिम भने घट्दै गएको छ ।

अमेरिकन क्यान्सर सोसाइटीका अनुसार पछिल्लो केही वर्षयता स्तन क्यान्सरबाट हुने मृत्युदर लगातार घट्दै गएको छ । नियमित चेकअप र उचित उपचारले क्यान्सरबाट मृत्युको जोखिम कम हुँदै गएको बताइन्छ । साथै प्रारम्भिक पहिचानको मद्दतले स्तन क्यान्सर जस्ता घातक रोगबाट बच्न सकिन्छ ।

अध्ययनले के भन्छ ?

हार्वर्ड पब्लिक हेल्थको स्तन क्यान्सर अध्ययनमा ४० वर्ष वा सोभन्दा कम उमेरका १ हजार २९७ जना महिला समावेश थिए । अगस्ट २००६ देखि जुन २०१५ सम्म शून्यदेखि तेस्रो चरणको क्यान्सरको निदान गरिएको थियो । जसमा कुल ६८५ महिलाले प्राथमिक शल्यक्रिया गरेको पाइयो । उनीहरुले ‘मास्टेक्टोमी’ या ‘लम्पेक्टोमी’ शल्यक्रिया गरेका थिए ।

१० वर्षको अन्तरालपछि यीमध्ये १७ महिलामा दोस्रो प्राथमिक स्तन क्यान्सरका केसहरू फेला परेका थिए । १७ बिरामीमध्ये दुईलाई ‘लुम्पेक्टोमी’पछि स्तनमा ‘इप्सीलेटरल’ क्यान्सर भएको थियो ।

अमेरिकन क्यान्सर सोसाइटीका अनुसार उमेर बढ्दै जाँदा स्तन क्यान्सरको जोखिम पनि बढ्छ । वास्तवमा धेरैजसो क्यान्सरका केसहरू ५० वर्षको उमेरपछि मात्रै भेटिन्छन् र पुरुषमा भन्दा महिलामा यसको प्रकोप बढी हुन्छ ।

स्तन क्यान्सर संगठनको अध्ययनअनुसार प्रत्येक ४३ महिलामध्ये १ जना ५० वर्षको उमेर पुगेपछि स्तन क्यान्सरको सिकार हुने गरेको देखिएको छ । ६० वर्षको उमेरमा प्रत्येक २९ महिलामा एक जना प्रभावित हुन्छन् र ७० वर्ष पुग्दा यो जोखिम बढेर प्रत्येक २६ महिलामा एक जनामा पुग्छ ।

सानै उमेरमा स्तन क्यान्सर देखिनुको कारण

आनुवंशिक उत्परिवर्तन

रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार आनुवंशिक उत्परिवर्तन स्तन क्यान्सरका लागि जोखिम कारक साबित हुन्छ । बीआरसीए १ र बीआरसीए २ जस्ता जीन प्राप्त गर्ने महिलामा स्तन क्यान्सरको जोखिम बढ्छ ।

प्रारम्भिक यौवन

नेसनल इन्स्टिच्युट अफ हेल्थको २०१७ को अनुसन्धान अनुसार महिनावारी १२ वर्षको उमेरअघि सुरु हुने र ५५ वर्षको उमेरपछि रजोनिवृत्ति हुँदा स्तन क्यान्सरको जोखिम बढ्न सक्छ । एस्ट्रोजन हार्मोनका कारण महिनावारी साइकल प्रभावित हुन्छ । यसबाहेक ती महिलाहरू, जसको पहिलो बच्चा ३० वर्ष वा सोभन्दा पछि जन्मिएको थियो उनीहरुमा पनि स्तन क्यान्सरको जोखिम बढ्छ ।

विकिरण उपचार

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार ३० वर्षको उमेर नपुग्दै कुनै पनि कारणले छाती र स्तनमा रेडिएसन थेरापी लिएका महिलामा पनि स्तन क्यान्सरको जोखिम बढ्छ ।

स्तन क्यान्सरको लागि के कस्ता परीक्षण गर्नुपर्छ ?

मेमोग्रा

स्तनको एक्स–रेलाई मेमोग्राम भनिन्छ । यसको मद्दतले स्तन क्यान्सर पत्ता लगाउन सजिलो हुन्छ । सीडीसीका अनुसार नियमित मेमोग्राम गराउनाले स्तन क्यान्सरबाट हुने मृत्युको जोखिम कम हुन्छ । मेमोग्रामले क्यान्सरको निदान गर्न मद्दत गर्छ र लक्षणहरू गम्भीर हुनुअघि यसको उपचारमा पनि मद्दत गर्छ ।

म्याग्नेटिक रेसोनेन्स इमेजिङ स्क्यान’ अर्थात् एमआरआई

चुम्बक र रेडियो तरंगबाट परीक्षण गरिने विधि हो एमआरआई । स्तन क्यान्सरको उच्च जोखिममा रहेका महिलाका लागि मेमोग्रामसँगै स्तन एमआरआई प्रभावकारी हुन्छ । एमआरआईले स्तन क्यान्सरको निदान गर्न सहयोग गर्छ ।

एजेन्सीको सहयोगमा

क्यान्सर महिला स्वास्थ्य युवती स्तन क्यान्सर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय