+
+

मेसीको २ गोलमा अर्जेन्टिनाको लगातार चौथो जित, ब्राजिल उरुग्वेसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते ११:०३

१ कात्तिक, काठमाडौं । लिओनल मेसीको दुई गोल मद्दतमा अर्जेन्टिनाले विश्वकप छनोटमा बुधबार बिहान पेरुलाई २-० ले पराजित गरेको छ ।

२०२६ को फिफा विश्वकप छनोटमा अर्जेन्टिनाको यो लगातार चौथो जित हो ।

पेरुको मैदान स्टाडियो नासिओनल डे लिमामा अर्जेन्टिनालाई सहज जित दिलाउन मेसीले खेलको ३२औं र ४२औं मिनेटमा गोल गरेका थिए  ।

दक्षिण अमरिकी क्षेत्रमा शतप्रतिशत नतिजा निकालेको अर्जेन्टिना ४ खेलबाट १२ अँकसहित शीर्ष स्थानमा छ । पेरु ४ खेलबाट १ अंकसहित नवौं स्थानमा छ ।

बुधबार बिहान भएको अर्को खेलमा ब्राजिल उरुग्वेसँग स्तब्ध भयो । उरुग्वेले ब्राजिललाई २-० ले हरायो । उरुग्वेका लागि डार्विन नुनेजले ४२औं र निकोलस डे ला क्रुजले र ७७औं मिनेटमा गोल गरे ।

जितपछि ४ खेलबाट उरुग्वेले ब्राजिल समान ७ अंक जोडेको छ र ब्राजिललाई पछि पार्दै दोस्रो स्थानमा उक्लेको छ ।

उरुग्वे विरुद्धखेलमा पराजित ब्राजिलका लागि अर्को झड्का समेत लागेको छ । ब्राजिलका फरवार्ड नेमारले घुँडाको चोटका कारण पहिलो हाफमै मैदान छाडेका थिए ।

छनोटअन्तर्गत अन्य खेलम भेनेजुएलाले चिलीलाई ३-० र पाराग्वेले बोलिभियालाई १-० ले पराजित गर्दा इक्वडेर र कोलम्बियाले गोलरहित बराबरी खेलेका छन् । ४ खेलबाट ७ अंक नै जोडेको भेनेजुएला चौथो स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?