+
+

हिक्मत कार्कीलाई थापाले भने : यहाँको निर्णय लागू होस्, शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते १५:१६

१ कात्तिक, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आफ्नो बचन पूरा गर्न एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई आग्रह गरेका छन् ।

विश्वासको मत लिने मुख्यमन्त्री केदार कार्कीको प्रस्तावमाथि प्रदेशसभामा भएको छलफलमा नेता थापाले आफ्नो दलका ८ जना प्रदेश सांसदले दलभित्र झगडा गरेको र युद्धकै मैदानमा उत्रिएको बताए । उनीहरुले युद्ध नै जितेर आएपछि आफूहरुले पनि स्वागत गर्दै विश्वासको मत दिने निर्णय लिएको उनले जानकारी दिए ।

सत्ता गठबन्धनले पनि विश्वासको मत दिने निर्णय लिएको भन्दै उनले एमालेलाई पनि सरकारमा रहन आग्रह गरे । अघिल्लो बैठकमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रमा जे निर्णय भए पनि प्रदेशको हितमा निर्णय गर्न आफू सक्षम रहेको भनेको स्मरण गर्दै उनले भने, ‘त्यो हामीले बिर्सिएका छैनौं । अब यहाँको निर्णय यो सरकारमा लागू होस्, शुभकामना दिन चाहन्छु ।’

उनले अघि भने, ‘पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले भने जस्तो हिम्मत गरौं, यो सरकारलाई निरन्तरता दिऊँ र सम्भावित मध्यावधिबाट यो प्रदेशलाई जोगाऊँ ।’ बजेट पनि सहमतिबाटै पास गर्ने प्रस्ताव समेत कांग्रेस संसदीय दलका नेता थापाले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?