+
+

आईएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजीबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते १७:३८

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमई र मध्यपूर्व लगायत १५५ देशहरुमा सञ्चालनमा रहेको अस्ट्र टेकको बोटिम टेक्नोलोजीबीच नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने विषयमा सम्झौता भएको छ ।

सम्झौता अनुसार यूएईको केन्द्रीय बैंकबाट इजाजत पत्र प्राप्त बोटिम अल्ट्रा एप मार्फत आईएमईको डिजिटल वालेट आइएमई पेमा सोझै रकम पठाउन सकिने गरी डिजिटल रेमिटेन्सलाई प्रवर्द्धन गर्न दुवै पक्षले सहकार्य गर्ने छन् ।

आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले यस रणनीतिक सहकार्य मार्फत डिजिटल वित्तीय समावेशितालाई थप प्रर्वद्धन गर्दै कारोबारको डिजिटल रुपान्तरणमा ठूलो सहयोग पुग्ने बताए ।

अस्ट्र टेकका प्रमुख व्यापार अधिकृत मार्क मिसेलले वित्तीय सेवालाई सबैका लागि थप पहुँचयोग्य बनाउन यो सम्झौता महत्त्वपूर्ण हुने बताए ।

प्रमुख व्यापार अधिकृत मिशेलले बोटिम अल्ट्रा एप मार्फत लाखौं प्रयोगकर्ताहरूको जीवनलाई सरल बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?