+
+

आईएमई बन्यो सबैभन्दा बढी कर तिर्ने रेमिट्यान्स कम्पनी, अर्थमन्त्रीबाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १३:३१

काठमाडौं । समग्र रेमिट्यान्स कम्पनीहरू मध्ये आईएमई  लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाडौँमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले आईएमईलाई सम्मानित गरेका हुन् ।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक र  आईएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेमराज ढकालले उक्त सम्मान थापेका हुन् ।

आर्थिक वर्ष २०७८/७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये  रेमिट्यान्स तर्फ आईएमई लिमिटेडले सबैभन्दा बढी आयकर बुझाउन सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?