काठमाडौं । आईएमईले विदेशबाट पठाएको रकम प्राप्त गर्ने सेवाग्राहीलाई केबुलकार यात्रामा विशेष छुट दिने भएको छ ।
आईएमई मार्फत कारोबार गरेका सेवाग्राहीले नवलपुरको गैंडाकोटमा रहेको मौलाकाली र रुपन्देहीको बुटवलमा अवस्थित लुम्बिनी केबुलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन् ।
आईएमई मार्फत रकम भुक्तानी प्राप्त गरेको रसिद वा आईएमई पे मार्फत रकम प्राप्त गरेको डिजिटल रिसिप्ट देखाएर सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबुलकारको छुट प्राप्त गर्न सक्नेछन् । रकम प्राप्त गरेको तीन महिनासम्म सो रसिद देखाएर छुट लिन सकिने छ ।
मौलाकाली केबुलकारका सञ्चालक रुद्रराज पौडेलले विदेशमा बसेकाहरूले आफ्नो परिवार तथा प्रियजनलाई मौलाकाली, कामाख्या देवी लगायतका देवस्थलको दर्शन तथा घुमफिरमा समेत प्रोत्साहित गर्ने उद्देश्यले छुटको व्यवस्था मिलाइएको बताए ।
परिवार तथा प्रियजनको खुसीले मेहनत गर्न तथा बढी रकम पठाउन समेत विदेशमा रहेकाहरूलाई प्रोत्साहित गर्ने पौडेलको भनाइ छ ।
प्रतिक्रिया 4