+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

आईएमई करोडपति क्याम्पेन विजेता रोकायालाई १ करोड रुपैयाँको चेक हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १७:३१

काठमाडौं । ‘आईएमई करोडपति क्याम्पेन’ की विजेता प्रमिला  रोकायालाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

जापानको क्योदाइबाट आईएमई  रेमिट मार्फत रकम पठाएकी प्रमीलालाई टोकियोस्थित नाकानो सिकिनो मोरी पार्कमा शनिबार आयोजित कार्यक्रममा आईएमईले उनलाई चेक हस्तान्तरण गरेको हो ।

नेपालका लागि जापानका राजदूत  डा. दुर्गाबहादुर सुवेदी, आईएमई लिमिटेडका सुशील थापा र क्योदाइ  जापानका युचिरो किमोतोले संयुक्त रूपमा उक्त चेक हस्तान्तरण गरेका हुन् ।

चेक ग्रहण गर्दै विजेता प्रमिलाले आईएमई मार्फत रकम पठाउँदा आफ्नो भाग्य चम्केर प्राप्त भएको रकमबाट  नेपालको कैलालीमा रहेका बाबा-आमालाई घर बनाइदिने योजना रहेको सुनाइन्  ।

गत असोजमा आईएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौंमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी हुन् ।

आईएमईले  एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यम-आईएमई गरी रकम पठाउने सेवाग्राहीहरू मध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो । सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए ।

आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्स मार्फत पठाउन र रेमिटेन्सलाई उद्यमशीलतामा लगाउन प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष आईएमईले विभिन्न क्याम्पेनहरु सञ्चालन गरिरहेको बताए ।

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउनुका साथै डिजिटल माध्यम आईएमई पे मार्फत  रकम प्राप्त गर्न सेवाग्राहीलाई प्रेरित गर्न आईएमईले ल्याएको करोडपति क्याम्पेनमा धेरै सेवाग्राहीको सहभागिताले आफूहरू उत्साहित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?