+
+

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको क्यूआर कोडमार्फत यातायात कार्यालयको राजस्व तिर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १७:१९

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ( एनआईएमबी)ले देशभरका ११ वटा यातायात व्यवस्था कार्यालयहरुमा राजस्वको भुक्तानी डिजिटलमार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।

यो सुविधा यातायात व्यवस्था कार्यालयहरु विर्तामोड, जनकपुर, नेपालगञ्ज, सुर्खेत, इटहरी, हेटौंडा, सल्लाघारी, ठूलो भर्‍याङ, सानो भर्‍याङ, नारायणगढ, महेन्द्रनगरबाट सुचारु गरिएको बैंकका सूचना अधिकारी बिजेन्द्र सुवालले जानकारी दिए ।

एनआईएमबीको क्यूआर कोड मार्फत विभिन्न शीर्षकमा ती राजस्व कार्यालयहरुमा राजस्व संकलनको व्यवस्था मिलाइएको बैंकको भनाइ छ ।

यो सुविधाले यातायात व्यवस्था कार्यालयका सेवाग्राहीहरुले लामो समय लाइनमा बसेर राजस्व भुक्तानी गर्नुपर्ने झन्झटको अन्त्य हुने बैंकले जनाएको छ ।

क्यूआर कोड प्रणालीबाट राजस्व संकलन गर्दा समयको बचत र पारदर्शी कारोबार हुनुका साथै नगद रहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?