+
+

देवयानी इन्टरनेसनलले विराटनगरमा केएफसी र पिज्जा हट सञ्चालनमा ल्याउने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १७:४७

विराटनगर । देवयानी इन्टरनेशनल नेपाल प्रालिले विराटनगरमा केएफसी र पिज्जा हट सञ्चालनमा ल्याउने भएको छ । नेपालमा यी रेस्टुरेन्टहरू इजाजतपत्र प्राप्त फ्रान्चाइजी हो ।

विराटनगरका लागि केएफसी र पिज्जा हट पहिलो हो भने नेपालमै १७ औं हुनेछ । पिज्जा र चिकेन प्रेमीहरूका लागि विराटनगर लोकप्रिय गन्तव्य बन्ने विश्वास देवयानी इन्टरनेसनलले गरेको ।

विराटनगरको मुटुमा रहेको द सेञ्चुरियन मलमा अवस्थित यी नयाँ रेस्टुरेन्टहरूले स्वाद र भोजनको अनुभवलाई अझ यादगर बनाउने वाचा इन्टरनेसनलको छ ।

हट एण्ड क्रिस्पी चिकनदेखि लिएर स्वादिष्ट चिकन पपकर्न, चिकेन स्ट्रिप्स, र सधैं लोकप्रिय जिङ्गर बर्गरसम्म सबै केएफसी आइटम उपलब्ध हुनेछ । केएफसीको प्रख्यात केएफसी बकेट पनि पाइने छ ।

यसैबीच नेपालको सबैभन्दा प्रिय र भरपर्दो पिज्जा ब्रान्ड पिज्जा हटले विभिन्न प्रकारका टपिङहरू, स्वादिष्ट पास्ता व्यञ्जनहरू र एपेटाइजरहरूका साथ आफ्नो प्रसिद्ध पिज्जाहरू उपलब्ध गराउनेछ ।

पिज्जा प्रेमिहरूको लागि आफ्नो पिज्जा स्वादअनुसार अनुकुलन गर्ने विकल्प पनि छ ।

बिहान १० बजेदेखि सञ्चालन हुने केएफसी स्टोर १ हजार ५३४ स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ । जहाँ ४५ जना ग्राहकलाई सेवा प्रदान गर्न सकिने छ । यस्तै पिज्जा हट रेस्टुरेन्ट उही समयमा खुल्ने र यसको क्षेत्रफल १ हजार २५० स्क्वायर फिट रहेको छ । जहाँ ५७ जना ग्राहकलाई सेवा प्रदान गर्न सक्ने क्षमता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?