+
+

मिस इन्टरनेसनलमा नेपालको ‘नेसनल कस्ट्युम’मा यस्ती देखिइन् प्रसिद्धि

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३ गते १२:५७

काठमाडौं । नेपालले आगामी मिस इन्टरनेसनल प्रतिस्पर्धाका लागि नेसनल कस्ट्युम सार्वजनिक गरेको छ । मिस नेपाल इन्टरनेसनल प्रसिद्धि शाहले नेपाली क्यालेन्डरअनुसार कात्तिक ९ गते हुने फिनालेमा उक्त पहिरन प्रस्तुत गर्नेछिन् ।

पञ्चबुद्धको थाङ्काबाट बनेको उक्त पहिरनले नेपालको हिमाली क्षेत्रको संस्कृति र वेशभूषालाई चित्रण गर्छ । पहिरनबारे प्रसिद्धिले सामाजिक सञ्जाल सन्देशमा भनेकी छन्, ‘यो पोशाकले चुनौतीपूर्ण भूगोल र सीमित सहयोग प्रणालीको बाबजुद विश्वभर सशक्तीकरण र बलको शक्तिशाली सन्देश पठाउँछ ।’

यो कस्ट्युमको हरेक ढाँचाले मुलकुको वैविध्यतालाई विशिष्ट रुपमा प्रतिनिधित्व गर्ने जनाइएको छ । कस्ट्युमा राष्ट्रिय चरा डाँफेलाई स्वतन्त्रताको प्रतीकको रुपमा प्रयोग गरिएको छ । ‘पवित्रताको प्रतीक कमल जीवन्त रंगहरूमा फुल्छ । थाङ्काको समृद्ध कलाले हाम्रो सम्पदाको क्यानभास झैं कोरेको छ । यस डिजाइनका टुक्राको बीचका भुवाले न्यानोपन दिन्छ, हामीले पार गरेका दुर्गम भूभागहरूको सम्झना हो यो,’ प्रसिद्धिले उल्लेख गरेकी छन् ।

उनले अगाडि भनेकी छन्, ‘यो पोशाक परम्परा र आधुनिकताको एक उल्लेखनीय संयोजनको मिस इन्टरनेसनल प्रतियोगितामा अमिट छाप छाड्दै र हिमाली भेगका महिलाको असाधारण भावनालाई आत्मसात गर्दै प्रस्तुत छ ।’

रोचक कुरा के छ भने प्रसिद्धिकी आमा तथा पहिलो मिस नेपाल रुबी राणाले पनि त्यतिबेलाको अन्तर्राष्ट्रिय संस्करणमा पञ्चबुद्धको थाङ्का प्रस्तुत गरेकी थिइन् ।

मिस इन्टरनेसनलको फिनालेमा सहभागी प्रसिद्धि यतिबेला जापानको टोकियोमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?