+
+

साइबर ब्यूरोमा पुग्यो एनआरएनए भोटिङ विवाद

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३ गते १६:२६

३ कात्तिक, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) मा निर्वाचनको विवाद चर्किएको छ ।

निर्वाचन कमिटीले बिहीबार मध्यराति बद्री केसी निर्वाचित भएको घोषणा गरेको थियो । तर अध्यक्षमा केसीसँग प्रतिस्पर्धा गरेका महेश श्रेष्ठ र आरके शर्माले भोटिङ प्रणाली कब्जामा लिएर धाँधली गरेको आरोप लगाएका छन् ।

उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलले नेपालबाट पाएको मत शुन्य देखाएपछि मत परिणाममा प्रश्न उठाइएको हो ।

काठमाडौंबाट ८०० बढी मत खसेको थियो । उम्मेदवार पौडेल स्वयंमले काठमाडौंबाट दिएका थिए । तर उनको मत शून्य देखाएपछि निर्वाचन परिणाममा प्रश्न उठेको हो ।

आफ्नो मत शून्य आएपछि उपाध्यक्षका उम्मेदवार डा. पौडेलले साइबर व्यूरोमा निवेदन दिएका छन् ।

एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङका लागि भेरो भोटिङ प्रयोग गरिएको थियो । महासचिवका उम्मेदवार बुद्धि सुवेदीले कम्पनीले ह्याक गरेर नतिजा निकाल्ने भएकाले विश्वास नलागेको बताए ।

अमेरिकामा पनि यस्तो नतिजा आएकाले धेरै विवाद नगरे पनि अहिले प्रमाणित भएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?