+

चिकित्सक भन्छन्, ‘रक्सी र मासु खाँदा घाँटीमा हड्डी अड्कने जोखिम छ’

२०८० कात्तिक  ५ गते १२:४४ २०८० कात्तिक ५ गते १२:४४
चिकित्सक भन्छन्, ‘रक्सी र मासु खाँदा घाँटीमा हड्डी अड्कने जोखिम छ’

दशैंमा रक्सी र मासु खाँदा घाँटीमा हड्डी अड्कने जोखिम बढी भएको अनुभव छ, डा. ओमप्रकास यादवसँग । उनी वीर अस्पतालका नाक, कान, घाँटीरोग विशेषज्ञ हुन् ।

उनका अनुसार हतारिएर खाँदा हड्डी अड्कने भय बढी हुन्छ । यसरी हड्डी अड्किएपछि तत्काल उपचार गर्नुपर्ने हुन्छ । उपचारमा ढिलाई भए ज्यान जान सक्छ । यसै सन्दर्भमा डा. यादवसँग मनिषा थापाले गरेको कुराकानी :

दशैैंमा मासु खाने चाडकै रुपमा लिइन्छ । यस क्रममा हड्डी अड्किएर दुर्घटना हुने जोखिम चाहिँ कति छ ?

दशैंको बेला यस्तो समस्या धेरै देखिन्छ । हड्डी अड्किएर अस्पताल आउनेहरु धेरै हुन्छ, यो बेला । त्यसैले हामी प्राय तयारी अवस्थामा नै बसेका हुन्छौं । दशैंको बेला अत्याधिक देखिने जोखिम हो यो ।

यसरी हड्डी अड्किएमा तुरुन्त उपचार चाहिन्छ, नभए बिरामीको ज्यान जान सक्छ ।

कस्तो अबस्थामा हडडी अडिकने सम्भावना हुन्छ ?

हड्डी अड्किने जोखिम चाहिँ धेरैजसो मासु र रक्सी एकसाथ खाइरहेकाहरुमा बढी देखिएको छ । अस्पतालमा ल्याइएका बिरामीमध्ये धेरैले मासु र रक्सी खाँदा हड्डी अड्काएका भेटिन्छन् ।

मदिरा खाइरहेको बेला मान्छे त्यती होशमा हुँदैनन्, अलि उत्तेजनामा हुन्छन् । यही कारण आफुले खाइरहेको कुरामा पनि उनीहरुको राम्ररी ध्यान नगएको हुनसक्छ ।

अर्को चाहिँ बुढापाका र बालबच्चामा यस्तो जोखिम बढी देखिएको छ ।

घाँटीमा हड्डी अड्किए के गर्ने ?

घाँटीमा हड्डी अड्किएको छ भने त्यसको प्रकृति हेरेर उपचार गर्नुपर्ने हुन्छ । कसरी अड्किएको छ, कहाँ अड्किएको छ, कस्तो हड्डी अड्किएको छ भन्ने कुराले उपचार निर्धारण गर्छ ।

सामान्य अवस्था हो भने घाँटीमा पाइप पसाएर हड्डी निकालिन्छ । जटिल अवस्थाको हो भने शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

यसको जोखिम के छ ?

यसको जोखिम भनेको खाना नलीमा गाडिएर बसेको छ भने हड्डी निकाल्न कठिन हुन्छ । साथै खाना नलीमा प्वाल पर्ने हुनसक्छ । त्यसैले हड्डी अड्किने जुन जोखिम छ त्यसबाट बच्नका लागि मासु खाँदा बढी होशपूर्वक खानुपर्छ । बुढापाका, जसको दाँत छैन उनीहरुलाई मासु दिँदा सकेसम्म हड्डी नभएको दिनुपर्छ । साथै बालबच्चालाई पनि हड्डी केलाएर मासु दिनु उचित हुन्छ ।

डा. ओमप्रकास यादव
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय